Pages

Powered by Blogger.

Friday, January 28, 2022

के तपाई गलत बाटोमा हिड्नेको पछि त लाग्नु भएको छैन ? ? ?

केहि समय अघि देखि हाम्रो समाजमा देखिएको चरम रुपमा वैचारिक द्वन्द्व अझै सेलाउन सकेको छैन । जो आधिकारिक रुपमा कार्यरत अधिकारीहरुले आफ्नो साधरण सदस्यहरुसङ्ग आधिकारिक छलफल गरि निकास निकाल्ने कार्यमा किन ढिलाइ गरिरहेका छन ? 


आधिकारिक साथै वैचारिक तवरमा आधिकारिक नेतृत्वलाई जानकारी भैसक्दा पनि यो कार्यमा ढिलाइ हुनु नेतृत्व पङ्तिको कमजोरी साबित हुन्छ । कुनै पनि नेतृत्वले आफ्नो संस्थाको साधरण सदस्यहरु मतको आधारमा कार्य गर्नुपर्दछ । समस्या सामाधन जहिले पनि प्रजातान्त्रिक र विधिवत् हुनुपर्दछ ।


यदि नेतृत्वले आफ्नो पदिया अधिकार कसरी प्राप्त भएको छ र कसरी विधिवत् आउने नेतृत्वलाई हस्तान्तरण गर्ने भन्ने ज्ञान राख्दैन भने त्यो अति नै सम्वेदनसिल हुन्छ । नेतृत्व हस्तान्तरण वार्षिक  साधरण सभा पछि निर्वाचनको माध्यमबाट हुनु पर्दछ । जो विधिवत् र प्रजातान्त्रिक हो ।


यदि कसैले गलत तरिकाले संस्थाको सर्वाधिकार खोस्न चाहन्छन र आधिकारिक अधिकरी नेतृत्वले विधि मिचेर आफ्नो अधिकार कसैलाई बुझाउछ भने त्यो कार्यले आफ्नै पहिचान र इज्जत मा प्रश्न चिन्न खडा हुनेछ । किनकि त्यो गलत कार्यको विधिवत् अनुसन्धानको लागि उजुरी लाग्दछ । 


त्यसैले हामी सबै एक अर्काको परीपूरक हौ । समाजमा हुने समस्याहरुको सबै मिलेर व्यक्ति केन्दृत भएर होइन न्यायिक र विधिवत् रुपमा हल गर्नु जरुरी हुन्छ । पहिलो प्रयत्न सर्वसम्मत निर्णय गर्ने हुनुपर्छ । दोस्रोमा आधिकारिक सदस्यहरुको वहुमतको आधारमा सहि निर्णय गर्ने प्रयास गर्नु जरुरी हुन्छ ।


अतः तपाई हामी सबैले निर्णायक भुमिकामा भाग लिदा जहिल्यै सत्य, सहि र विधि

को साथ दिए हाम्रो समाजमा विकृति र विसङ्गतिको बिजारोपणमा कमि आउन सक्दछ । जसले शुखि र शान्तिमय समाजको परिकल्पना गर्न सकिन्छ ।

No comments:

Post a Comment

 

Search This Blog