म बाँचिरहेकोछु, हरेक पल नुनीलो आँशु पिहेर।जताततै ठोकिन्छ मलाई। तिरस्कारको अमीलो भारी मनमा बोकिरहनु पर्छ। म मरेको जीवन बाँचिरहेको छु। मलाई मेरा साथीहरूले सोध्नु हुन्छ " तँलाई कस्तो छ ? " प्रत्युत्तरमा सबै राम्रो छ भन्ने गर्छु। तर म भित्र-भित्रै विक्षिप्त छु , विवश छु, आक्रान्त छु , मानौं म यसलाई शब्दमा व्याक्त गर्न सक्तिन। सँधै निरासभित्र खुसी खोजिरहेको हुन्छु। उपेक्षाभित्र हाँस्न खोज्छु ।परिस्थितिले मलाई दास बनाएको छ।
प्रायः मानिसहरू मेरो सानो बाबूको बारेमा मलाई सोध्ने गर्नु हुन्छ। "यो बाबू कहिले हिड्छ नि , के भएर यस्तो भएको।" ती कुराले मन धेरै भारी हुन्छ मानौं पहाडले थिचे जस्तो लाग्छ। आफै हराएको जस्तो लाग्छ।
ऊ हिड्न खोज्छ,अाकाशतिर हेर्छ,उसका अाँखाहरू के - के भनिरहेकाछन् अनि खोजिरहेकाछन् , म भन्न सक्तिन। ऊ एकोहोरो हेर्छ। मलाई यस्तो लाग्छ ऊ जहाँ हेर्छ , त्यो अर्कै संसार हो , सायद वषन्तका फूलहरू खोज्दो हो।सुन्दर ठाउँहरू रोज्दो हो,तर त्यो अवस्थाको बाल मनो विज्ञान कसले बुझिदिने ? म भावविह्वल हुन्छु।
उसले मलाई भनिरहन्छ तर म चहाएर पनि बुझ्न सक्तिन। उसले बोल्ने भाषा सम्भवतः अर्कै हो,मलाई पनि बोल्न गाह्रो हुन्छ। मलाई लाग्छ ऊ संसारमै नभएको भाषा बोलिरएको छ। प्रायः मुक भाषामा उसले मलाई भनिरहेको हुन्छ। " बुवा म मेरा अरू साथीहरू जस्तै कहिले हिड्न सक्छु।" पक्कै पनि मसँग कुनै वास्तविक उत्तर छैन तथापि कुनै दिन हिड्नेछस् भनी सान्त्वना दिने गर्छु।
यो मेरो नितान्त भावनात्मक अनुभूति मात्र हो। वास्तविकता अर्कै छ, यथार्थता पृथक छ।
एक दिनको कुरा हो। वर्षा याम , अाकाशमा वादल मडारिरहेको थियो। मेगको गर्जनपछि मुसलधारे पानी पर्न थाल्यो।
सानिसहरूको ठूलै चल्पल भैरहन्थ्यो। म पनि राहत थाप्नका निम्ति लाम्बद्ध भई अाफ्नो अनुशासनलाई पालन गर्न थालें। यतिकैमा खाद्यन्न वस्तु कक्षामा मेरी अर्धांगिनीको प्रवेस -" सबै थाप्नु भो ? अाज तिम्रो छोराले खाँखा हेरेन रून्छ मात्र।" केही बेरपछि मैले सम्पूर्ण कुरा बुझेँ। उसका अाँखा राता देखिन्थे। त्यहाँबाट कचेरा र अाँशु अनवरत बगिरह्यो। ऊ धेरै रून्छ। उसको रूवाईबाट म यति महसुस गर्न सक्छु कि उसलाई गाह्रो भइरहेको छ।उसले असाध्यै दुखेको कुरा उसकी अामाको काखबाट रूवाईको माध्यमद्वारा व्यक्त गरिरहेकोछ।
मेरी पत्नी र म भएर स्वास्थ्यकर्मी भएको ठाउँमा पुर्याइयो तर शरणार्थीहरूलाई शिबिरमा प्राथमिक उपचार मात्र गरिने व्यावश्था भएको हुदा बाबूको उपचार त्यहाँ सम्भव भएन। तसर्थ त्यहाँबाट अाँखा अस्पतालमा लाने निर्णय गरियो।
निर्णयले मात्र सबै कुरा सम्भव कहाँ हुन्थ्यो र ! जीवन यापनको निम्ति पैसाको पनि अपरिहार्यता हुनु पर्दोरहेछ ।
अाफ्नो देशको अाततायी व्यवस्थाबाट लखेट्टिएर , सर्वास्व लुटिएर , दातृ संस्थाको भरमा नेपालमा शरणार्थी जीवन बाँचिरहेको मान्छेसँग के नै हुनसक्छ र ! अार्थिक विपन्नता सिवाय।
तथापि कुनै व्यक्तिहरूसँग सापटी लिएर भए पनि अाइ अस्पताल लान सफल भएँ।
केही बेरपछि उपचार सुरू भयो। एक जना नर्सले बाबुलाई बसाउन खोज्नु भयो तर ऊ बस्न नसकेपछि मलाई सोध्नु भयो। " बच्चा कति महिनाको भयो।" मैले अाठ महिना भएको जनाएँ। पुनः उहाँले प्रस्न गर्नु भयो। " बच्चा डिसेवल हो ? " मलाई त्यो बारे पूर्ण ज्ञान नभएकोले थाहा नभएको कुरा अवगत गराएँ।
त्यसपछि मलाई मनमा चिसो पस्यो । अनायसै पहाड खसे जस्तो लाग्यो। कालो बादल मतिरै अाएको अाभाष भयो।
म भित्र भित्रै धेरै रोएँ। छातीमा कता - कता के हो कुन्नी अड्के जस्तो भयो। यद्यपि मलाई विस्वास लागिरहेको थिएन।
उपचार सुसम्पन्न पश्चात् त्यहाँबाट म अाफ्नो बासस्थान गोल्धाप शिविर फर्केँ । बाबूको अाँखाको उपचार सफल भयो तर अाफ्नो मनको उपचार कसले गरिदिने!
मनमा अनेकौं कुराहरू खेल्न थाले। बाबू जन्मेको बेलाको सम्झना भयो। उसको जन्म अस्पतालमै भएको थियो।
त्यसताका उसकी अामाको मेडिकल कन्डिसनले गर्दा शिशुलाई टाउकोमा फोर्सेप प्रयोग गर्नु परेको थियो।
शिशुको अवस्था गम्भीर भएको थियो। एक - एक छिनमा शिशु हरियो हुन्थ्यो। नर्सहरू अतालिदै " बच्चा बाँचे पनि भविस्यमा राम्रो हुदैन।" भनेर उनीहरू एकर्कामा कुरा गर्थे।

अनन्त अाचार्य
No comments:
Post a Comment