आज ABSNT को औपचारिक साधारण सभामा सामेल हुने मौका मिल्यो ।
यसै संस्थाको आधिकारिक व्यक्तित्वहरुको अनुभव लिन पाए । जीवन भोगाइको क्रममा धेरै उतारचढाव हुने गर्छ त्यो कुरा प्राय सबैलाई थाहा छ । त्यस्तै उतारचढावको भुमरिमा परेका सम्पुर्ण अष्ट्रेलिया वासी भुटानीलाई सकारत्मक सन्देश, समावेशी दाहित्व/अवसर प्रदान गर्ने, युवाहरूलाई सहि तरिकाको मार्ग दर्शन गर्ने उदेश्यका साथमा अनि धर्म निरिपेक्षा संस्थाको रुपामा स्थापना भएको Australian Bhutanese Society Northern Tasmania Inc. हो भन्ने बुझ्न पाए ।
यहि संस्थाले अहिले सम्ममा गरेका कार्यक्रम अनि आय व्यायको प्रकाशन पनि भयो । साथै भावी कार्य योजनाको तर्जुमा गरिएको जानकारि सम्पुर्ण जनसमुदायलाई प्रकाश पारियो अनि कुनै उचित सरसल्लाह भए निर्धक्क प्रस्ताव राख्न जनसमुदाय समक्ष मौखिक पेस गरियो ।
मुख्य कुरा,
एउटा सर्वसहमतको Bhutanes संस्था Launceston मा स्थापन गर्न अझै पनि ABSNT लागि परेको कुरा ज्ञात भयो र विगतमा यसबारे चर्चा परिचर्चा वा वहस पनि गरिएको भन्ने सन्देश मिल्यो ।
यसबाट के बुझ्न सकिन्छ भने अझै पनि सकारत्मक तरिकाको वैचारिक, सामाजिक अनि सर्वपक्षीय वहसको आयोजना गर्न सम्पुर्ण बुद्धिजीवी, अग्रज तथा युवायुवती लागि परे दरिलो अनि सिङ्गो Bhutanese संस्था Launceston मा खोल्न सकिन्छ भन्ने सपना/आसा ABSNT मा रहेको प्रष्ट देखिन्छ ।
No comments:
Post a Comment