Pages

Powered by Blogger.

Thursday, July 28, 2016

गजल

हरेक सुख-दुखमा तिमीसंग रमाएकै थिए
संगै जिउने मर्ने भनि तिम्रो हात समाएकै थिए

खै तिम्लाई के कुराको कमि भयो होला प्रिये
दिन रात नभनी दुइचार पैसा कमाएकै थिए

महल अनि बंगलाको सपनाले सताउदा तिम्लाई
महलकी रानी नबनाएनी दिलकी रानी बनाएकै थिए

अमेरिका-सुइजरल्याण्ड घुमाउन नसकेनी तिमीलाई
आफ्नै देशको तराइ,पहाड अनि हिमाल घुमाएकै थिए 

No comments:

Post a Comment

 

Search This Blog