Pages

Powered by Blogger.

Thursday, December 16, 2021

साझा अवधारणबाट समस्याको समाधान खोज्नु पर्दछ !

पौष १ गते २०७८

दक्षिण अष्ट्रलिया 

✍️पूर्ण लिङ्देन 


समाजमा रहेका मानिसहरुमा आ-आफ्नो विचार अनि आस्थाहरु हुन्छन । त्यसैले सामाजिक, संस्थागत अनि पद्दतिगत समस्या समाधानमा सबैको साझा अवधारणबाट बहस गर्न जरुरी छ ।


जिवनमा हारजितको खेल हुन्छ नै तर यो खेलमा पनि कहिले काहि हारेर जित्न सके सबैमा विस्वास, कदर अनि प्रेम बटुल्न सक्छौ । सामाजिक सद्भाव, स्वस्था र शान्तिपूर्ण समाजको परिकल्पना गर्न सक्छौ । 


कहिले काहि खेल जितेर पनि हार्नेछौ । यसको माने जित भए पनि सामाजिक, नैतिक अनि विधिगत रुपमा हार्न सक्छौ । यस कारण समाजमा रहेका वुद्धिजिवि, युवायुवति, वैधानिक पदमा रहेका कार्यकर्ताहरु, शिक्षित व्यक्तित्वहरुले  सामाजिक समस्या हल गर्न निस्पक्ष रुपमा पहल कदम चाल्नु आवस्यक छ । एउटा समुह वा व्यक्तिको खुशिको लागि भन्दा पनि साझा सामाजिक फाइदाको लागि आवाज उठ्नु जरुरि छ।


एक व्यक्ति वा समुह हार्दा सबैले जित्छ र वैधानिक पद्दति जिवित रहन्छ भने हार किन नस्विकार्ने ?  यदि सामाजिक भलाइको लागि एक व्यक्ति वा समुहले लचक्ता अपनाउदैन भने मान्नुहोस त्यो व्यक्ति वा समुहले कहिल्यै सामाजिक भलाइ को निमित्त कार्य गर्दैन ।


तसर्थ साझा अवधारणामा रहेर छलफल गर्नु जरुरी छ । जस्ले सामाजिक, वैधानिक र नैनिक पद्दति जिवित राख्नेछ । आउने पिढिलाई सहि मार्गदर्शन दिन सबैले आ-आफ्नो ठाउबाट आफू हारेर समाज, संस्था र पद्दतिलाई जिताउनु पर्दछ ।

No comments:

Post a Comment

 

Search This Blog