Pages

Powered by Blogger.

Wednesday, December 8, 2021

मान्छे, विचार र समाज (विचार)


मङ्सिर २२, २०७८ दक्षिण अष्ट्रलिया 

✍️ पूर्ण  लिङ्देन 


हामी पुनर्वास भएका नेपाली भाषी भुटानीहरुले आफु पुनर्वास भएको राष्ट्रको सम्बिधानमा रहेर आफ्नो हकहित, सस्कृति, धर्म, प्ररम्परा आदिलाई संरक्षण, विकास र पुस्ता हस्तारणको लागि मुनाफारहित, गैरराजनैतिक, वहुसांकृतिक अनि समावेसि भुटानी संस्था दर्ता गरि कार्य गर्दै आएको सबैलाई अवगत नै छ ।


यहाँ संविधान, सामाजिक मुल्यमान्यता र विचारको आधारमा भन्दा पनि व्यक्तिलाई मान्यता दिइने प्रथा रहेको सबैले महसुस गरेका छन तर सहि ठाउ अनि समयमा उभिएर समावेसि विचार राख्न नसकि रहेको अवस्था छ किनकि जसले समावेसि कार्य गरि सबैलाई सम्मान गर्न लाग्छ । त्यहाँ आफुलाई सर्वज्ञानी, सर्वश्रेष्ठ अनि शिक्षित लिडर मान्छन उनिहरुलाई यस्तो कुरा पाच्य हुदैन ।

उनिहरुलाई आफु सानो भएको महसुस हुन्छ र सहि कार्ययोजना हुदा हुदै पनि विरोध जनाउछन । समाजमा भ्रम पैदा गर्दछन । अनि आफुले गर्न लागेको कार्य मात्र सहि छ भन्ने विचार अरुमा थोपर्छन । 


यस्तो अवस्थामा हामी निस्पक्ष विचार राख्ने जागरुक  युवापुस्ताले  व्यक्तिको अवस्था, शक्ति र शिक्षालाई भन्दा सहि विचारलाई समर्थन जनाउनु चतुर्याइँ हुनजान्छ । जसले सबै समुदाय लाई एकिकृत गर्न खुल्ला रुपमा आव्हान गर्छ । उनिहरुलाई रोकेर आफुनै गोप्य रुपमा समुदयालाई समावेस नगरि आफै निर्णय गर्ने व्यक्ति वा समुहलाई  युवापुस्ताले चिन्न अति जरुरि छ । यसरि उनिहरुले आफु अनुकुल मात्र निर्णय गर्दछ र आफ्नो प्रतिकुल विचार राख्नेलाई समावेस गर्ने छैन । तर जो सबैलाई समावेस गर्न चाहन्छ उसले आफ्नो प्रतिकुल विचार राख्नेलाई पनि समावेस गरेर अघि बढ्न कोशिश गर्दछ । यो कुरा तपाई हामी माझ समय अनुसार दर्पणछायाको रुपमा स्पस्ट देखिदै आउने छ ।


तसर्थ जागरुक युवा पुस्ताले व्यक्तिलाई होइन सहि विचारलाई साथ दिनु जरुरी छ । समावेसि विचारलाई समर्थन गरे स्वस्थ्य समाज निर्माण हुनेछ जहाँ तपाई हामी सबैको बराबर सम्मान रहनेछ । व्यक्तिलाई साथ दिए उसले भोलि आफु सर्वश्रेष्ठ र अरुलाई निच देख्नेछ । यि कुराहरु तपाई हामी माझ छर्लङ्ग हुदै जादैछ ।


नोट: अज्ञानी शिक्षित मान्छे भन्दा अशिक्षित ज्ञानी मान्छे राम्रो र शिक्षित ज्ञानी मान्छे भए सर्बोत्त्म हुन्छ ।



No comments:

Post a Comment

 

Search This Blog