Pages

Powered by Blogger.

Sunday, July 5, 2020

बाद र बादि

बाद मध्ये नाताबादको
कुरा प्रायः सबै क्षेत्रमा सुनिने गरिन्छ ।
अहिले सामाजिक सन्जालमा
यो कुरा चर्चित रहेको छ सामाजिक, राजनैतिक, गैरराजनैतिक  वा अन्य कुनै ठाउमा नाताबाद मात्र होइन
त्यहाँ गुटबाद पनि धेरै हुन्छ
भन्ने कुरा प्रायः सबैलाई थाहा नै छ ।

उदारणको लागि
नाताबाद र गुटबाद यस्तो चिज हो जहाँ  गलतमा नि साथ मिल्छ ।आफ्नो गुटको होस त गलत गरे पनि प्राय चुइक्क बोल्नेवाला छैन । बरु गलतमा नि साथ दिन्छन । तर एउटा स्वतन्त्र व्यक्तिले सहि कुरा उठान गरे पनि गुटबादि र नाताबादिले साथ दिनेवाला छैन ।

यस्तै समस्याहरु थाहा हुदाहुदै पनि कोहि मान्छे चुइक्क बोल्दैनन । तसर्थ मेरो नजरमा बुद्धिजिवि , लिडर , समाजसेवि भन्ने चै जो जस्ले यि बादबाट माथि उठेर स्वतन्त्र रुपमा समस्या समाधान गर्ने व्यक्तिहरु  पर्दछन।

यहाँ पढेलेखेकालाई मात्र बुद्धिजिवि भन्ने चलनलाई मेरो बिमति छ । कारण जो पढेलेखेका छन तर सामाजिक समस्या समाधानमा गुटबादि अनि नाताबादि बन्छन भने उनिहरु कसरी बुद्धिजिवि रहे त ?

आफ्नो स्वार्थको लागि गलतलाई नि सहि मान्ने अनि सहि कार्यमा डटेर लाग्ने मान्छेलाई गुटबादि अनि नाताबादिले कम्जोर बनाउने खेल तपाई हाम्रै नजिक पनि हुने गर्छ । त्यसैले सहि समयमा नै यस्तो समस्या समाधानमा तपाई हामी एकजुट भएर लाग्नु पर्दछ ।

पूर्ण लिङ्देन


No comments:

Post a Comment

 

Search This Blog