तिम्रो विधान कस्तो हो?आश्चर्य हुन्छ है मन ।
अर्काको सम्पदा खोस्न गिद्धे दृष्टि किन भन?
अर्काको सम्पदा खोस्न गिद्धे दृष्टि किन भन?
अाफूले मान प्राप्तार्थ सम भाव जरूर छ ।
नत्र अहं हुँदै त्यहीँ स्वयम् नै गिर्नु पर्द छ ।
नत्र अहं हुँदै त्यहीँ स्वयम् नै गिर्नु पर्द छ ।
जता हेर्यो असन्तुष्ट शान्ति खोई कता गयो?
अर्काको सम्पति देश, लुट्ने नीति कहाँ छयो?
अर्काको सम्पति देश, लुट्ने नीति कहाँ छयो?
बाघलाई नजिस्क्याउ टोक्न पक्कै नि सक्दछ।
सानो ठूलो कुरा छोड बाघले लुछ्न सक्दछ।
सानो ठूलो कुरा छोड बाघले लुछ्न सक्दछ।
पापी मनस्थिति छोडेर माथि उठेर हेरन।
चित्र यथार्थ मिल्नेछ इतिहास नि हेरन ।
चित्र यथार्थ मिल्नेछ इतिहास नि हेरन ।
छिमेकीसँग सद्भाव राखेर चल्नु पर्दछ ।
तर्कहीन कुरा गर्न नितान्त छोड्नु पर्दछ।
तर्कहीन कुरा गर्न नितान्त छोड्नु पर्दछ।
राम्रो शासनमा हेर!प्रजाले जय गाउने।
नत्र कम्जोर हुन्छ देशनै डग्मगाउने ।
नत्र कम्जोर हुन्छ देशनै डग्मगाउने ।
द्वन्द्वमा फाइदा छैन हानी हुन्छ दुवैतिर।
अर्काको भूमि छोडेर फर्क अाफ्नो घरैतिर।
अर्काको भूमि छोडेर फर्क अाफ्नो घरैतिर।
विकासको कुरा ल्याउ अाफ्नोनै देशमा तिमी।
भोकानाङ्गा सबै हेर आफ्नोनै देशमा तिमी।
भोकानाङ्गा सबै हेर आफ्नोनै देशमा तिमी।
No comments:
Post a Comment