Pages

Powered by Blogger.

Wednesday, January 5, 2022

गलत तरिकाले गर्न लागेको कार्यमा कसैले सहयोग नगरौ । शान्तिपूर्ण साथै प्रजातान्त्रिक रुपमा खबरदारी गरौ ।

हाम्रो समाजको कार्यकारी पदमा रहेका पदाधिकारीहरुले सबै समाजलाई एकिकृत गर्न आफ्नो तोकिएको कार्यकालमा धेरै  प्रयत्न गरेका छन । सामूहिक छलफलमा प्राय सबै समूह, युवायुवतीहरु, बुद्धिजिविहरु, पूर्व पदाधिकारीहरुलाई सम्मानित तरिकाले सहभागी गराउदै, सहभागी गराउने प्रयास गर्दै आएको कुरा यहाँहरु सबैलाई थाहा नै छ ।


यसरी सबैको सहभागितामा सबैको विवेक, अनुभव, सहयोग अनि सबैलाई सम्मानित तरिकामा समाजलाई अघि बढाउने अभ्यास कार्यकारी पदमा रहने कार्यकर्ताहरुले गरिरहेकै  छन। यसरी समावेशी र प्रजातान्त्रिक तवरमा गरिएको अभ्यासलाई कम्जोर पार्न समाजमा गलत अभ्यासलाई  प्राथमिकताका साथ तपाई हामी माझ पस्कि रहेको छ । 


यस्तो गलत अभ्यासलाई तपाई हामीले खुलेर शान्तिपूर्ण र प्रजातान्त्रिक रुपमा/खबरदारी गर्नु पर्दछ । हामीले अहिले कार्यकारी पदमा रहेका कार्यकारी स्वयंसेवकलाई वार्षिक साधरणसभा र निर्वाचन गर्न सहयोग गरि प्रजातान्त्रिक पद्दतिलाई बचाउन मुख्य भूमिका निर्वाह गर्नु पर्दछ । यसो गरे सकारात्मक अभ्यासको विकास हुदै जानेछ । समाजमा हुन लागेको गलत अभ्यासलाई बिरोध गरे गलत संस्कारको विकास नहुन सक्छ । यो कार्यले जो समाजमा निस्वार्थ आफ्नो समय समाजको लागि समर्पित गर्छन उहाँहरुको ससम्मान कार्यकाल अन्त्य हुन्छ । उहाँहरुको सम्मान हुनु भनेको पद्दतिको सम्मान हुनु हो ।


नोट: यहाँ कार्यकारी पदाधिकारीहरुले तयार पारेको एजेन्डालाई तपाई हाम्रो एजेन्डा बनाउन प्रयास गरिरहेकै समयमा अर्को तर्फबाट गतल अभ्यास गरि उनिहरुको एजेन्डा बनाउने प्रयत्न गरि रहेका छन । जहाँ अहिलेको कार्यकारिणी व्यक्तित्वहरुलाई  अपमानजनक तरिकाले निष्कृय पार्न खोजिएको छ । यहि कुराको विमति हाम्रो हो ।

No comments:

Post a Comment

 

Search This Blog