एक एक मानोमा जीवन बिता'को
बिर्सौ कि तिमीले झुप्रै झुप्रोको
शिविर सानोमा जिवान बिता'को
कति कहाली लाग्दो थियो समय
एक एक चानोमा जीवन बिता'को
साच्चै पिडादायक थियो देशविहिन हुँदा
अभाव र बिरानोमा जीवन बिता'को
हामी कति विवश थियौं एक लक्ष्यरहित
अनि असफल रानोमा जीवन बिता'को
मानव अधिकार र पहिचान खोज्ने क्रममा
दसकौ राष्ट्रविहिन घरानोमा जीवन बिता'को
पूर्ण लिङ्देन
No comments:
Post a Comment