आँसुले पीडा धुएको रात
जन्म जन्म सङ्गै जिउने भन्दै
मन्दिरमा कसम खाएको रात
निरंकुशताविरुद्ध तिमी र मैले
बारम्बार आवाज उठाएको रात
कुरिती र कुसंस्कार विरुद्ध जुटि
तिम्ले मैले कलम चलाएको रात
सम्झी रहेछु सधैं सधैं देश छोड्दा
गन्तव्यहिन पाइला बढाएको रात
भुलेको छैन अझै ती निर्दयीले
घरगोठ सङ्गै मुटु जलाएको रात
#पूर्ण #लिङ्देन
No comments:
Post a Comment