हामी भुटानी समुदायहरुको दक्षिण अष्ट्रलियामा दर्ता भएको एकमात्र भुटानी संस्थामा एक वर्ष देखि भएको मतभेद अझै सुल्झिन सकेको छैन ।
मतभेद संवैधानिक विषयको देखिएको हुदा हामीले संवैधानिक तरिकाले नै समस्याको समाधान हुनुपर्ने जोड दिदै आएका छौ । यो कुरा को आधिकारिक जानकारी पटक पटक प्रमुख व्यक्तिलाई दिदै आएका छौ । जसको प्रमाण हामीसङ्ग सुरक्षित छ ।
यदि प्रमुख अधिकारी सहि र सक्षम हो भने निस्पक्ष निर्णायक भूमिका गर्नु सक्नुपर्दछ । गलत तरिकाले कार्य गर्नेलाई सहयोग गरेर आफ्नो केन्द्रीय सदस्य अनि साधरण सदस्यहरुको अपमान गरे । फेरि कहिल्यै नेतृत्व भूमिकामा निर्वाचित गर्ने छैन र विस्वास पनि रहने छैन ।
आफैलाई अनाधिकारिक मान्ने समूहलाई अरु केन्द्रीय सदस्यहरु र साधारण सदस्यहरुको सल्लाह बिना आफ्नो आधिकारिकता हस्तान्तरण गर्ने गलत निर्णयले आफूलाई नै गलत प्रमाणित गर्नेछ ।
अनि जो समूह वा व्यक्तिले केन्द्रीय समूहलाई वार्षिक साधारण सभा र निर्वाचन गर्न असक्षम भनेका छन । उनै समूह र व्यक्तिले एकजना प्रमुख जसलाई उनिहरुले नै साधारण सभा र निर्वाचन गर्न मिल्दैन भनेका छन उनैको एउटा हस्ताक्षर (साधरण सदस्य, बाकि केन्द्रीय सदस्य अनि सार्वजनिक अधिकारी बिना) ले आफूले आधिकारिकता प्राप्त गरेको भन्ने हल्ला फिजाउनु हास्यास्पद हुन जान्छ ।
जबसम्म आधिकारिक रुपमा सार्वजनिक अधिकारी सहित अन्य केन्द्रीय सदस्यहरुले निर्णय गर्दैन तब सम्म केन्द्रीय समिति काम चलाउ हुने छैन । आधिकारिक निर्णय भनेको वार्षिक साधारण सभा गरेर निर्वाचन गरिने जानकारी केन्द्रीय समितिले साधरण सदस्यहरुलाई आधिकारिक रुपमा गराउनु पर्छ ।
समस्त दक्षिण अष्ट्रेलियामा रहनु हुने भूटानी महानुभावहरुलाई हाम्रो भूटानी संस्थाको केन्द्रीय समिति अहिले काम चलाउ नभएको अवगत गराउन चहान्छौ ।
म/हामी साधरण सदस्यहरुलाई वार्षिक साधारण सभामा बोलाएर निर्वाचनको जानकारी गराइएको छैन । यदि प्रमुखले नै आफू काम चलाउ भएको सुचना अरुलाई गराउछ भने त्यो संवैधानिक असक्षमता हो ।
तसर्थ हामी अझै निरन्तर संवैधानिक निकासको पक्षमा छौ । गलतलाई गलत र सहिलाई सहि भन्ने संस्कार सबैले बसाल्नु पर्दछ ।
✍️पूर्ण लिङ्देन
दक्षिण अष्ट्रलिया
No comments:
Post a Comment