आठौं अष्ट्रेलियान भुट्निस अन्तर प्रांतीय सकर च्याम्पियनसीप टुनामेन्ट (8th Aistralian Bhutanese Interstate Soccer Championship Tournament) चलिरहदा मलाई आफ्नो एउटा विचार लेख्न मन पार्यो ।
यदि Australian Bhutanese Interstate Soccer Championship Tournament आयोजना गर्न प्रत्येक प्रान्तको दर्ता भएको अष्ट्रेलियान भुटानी संस्थाहरु अनि सकर (soccer) क्लबको प्रतिनिधित्व गर्ने गरि एक संयुक्त भुटानी खेल विकास(आयोजना) समिति निर्माण गर्न सके राम्रो हुने थियो कि?
संयुक्त भुटानी खेल विकास(आयोजना) समिति निर्माण गर्दा हुने फाइदाहरु:-
१.च्यम्पियनसिपको निरन्तरता रहन धेरै सहयोग पुग्ने छ
२.सबैको सहभागिता हुने प्रवल सम्भावना हुनेछ ।
३.सबैमा अधिकार र जिम्मेवारी रहनाले यसको अझै विकास हुँदै जान सक्नेछ ।
४.आर्थिक व्यवस्थापन गर्न पनि सहयोग मिल्ने
५.अनुभवी खेलाडीहरुको साथले भबिस्यमा उत्कृष्ट खेलाडीको उदय हुने सम्भावना रहने।
६. अष्ट्रेलियान भुटानी खेलाडीहरु एकीकृत हुँदा खेलाडीहरुमा खेलप्रति अझ धेरै मोह बढ्ने थियो कि?
आदि...........
यदि यो कुराको सुरुवात यसपालीको खेल सम्पन्न पछि भए धेरै उत्तम हुने थियो । यसमा अग्रज खेलाडीहरु अनि अष्ट्रेलियान भुटानी संस्थाका नेतृत्वहरुको पहलकदम हुन सके धेरै राम्रो हुने थियो कि??
पूर्ण लिङ्देन - Adelaide SA
No comments:
Post a Comment