कुनै पनि विषयमा पक्ष र विपक्ष हुनु स्वाभाविक हो र हुनु पनि पर्छ। पक्ष र विपक्षमा स्वास्थ बहस चल्नु राम्रो कुरा मानिन्छ । सृजनात्मक बहस मार्फत उचित र बलियो प्ररिणाम आउँछ । जसको कारण कुनै पनि कामकार्य गर्न सहज साथै फलदायी हुने निश्चित हुन्छ।
हामीले पक्ष र विपक्ष लिदा बुझेर मात्र निर्णय गर्नु पर्ने हुन्छ । कुनै पनि विषयको राम्रो र नराम्रो पाटो हुन्छ यो सबैलाई थाहा नै छ। त्यसैले विषयगत फाइदाहरु र बेफाइदाहरु राम्ररी बुझाबुझ हुनु जरुरी रहन्छ । बहसमा सहभागी सबैको विचार लिनु अति महत्वपूर्ण हुन आउछ । निर्णय लिदा वा आफ्नो विचार प्रस्तुत गर्दा भवानात्मक हुनु भन्दा पनि व्यावहारिक र आधारभूत हुनु अति जरुरी मानिन्छ ।
शिक्षित ज्ञानी मान्छे भए कुनै परिवार, समूह, टोल, संस्था, समाज अनि राष्ट्र लाई सहि दिशा निर्देशन गर्नेछन् ।
पक्ष लिदा व्यक्तिविशेष लिनु भन्दा विषयविशेष लिनु अति उत्तम हुन्छ । जस्तै: यदि कुनै आफ्नो मान्छे भएको कारण उसको गलत निर्णय वा विचार को पक्ष लिनु भन्दा अरु कसैको सहि निर्णय वा विचार को पक्ष लिए राम्रो हुन्छ । यदि आफन्तको गलत निर्णयलाई वा विचारलाई साथ दिए एक दिन अवस्य आफू र आफन्त पछुताउनु पर्ने हुन्छ । जब सुध्रिन पनि धेरै ढिलो भइ सकेको हुन्छ ।
उदाहरण:
एउटा जिउँदो विरुवालाई सार्यौ भने त्यो सर्छ र पछि बोट अनुसार फल दिन्छ । तर यदि मरेको विरुवालाई सार्यौ भने न त्यो सर्छ न फल दिन्छ ।
तसर्थ कुनै परिवार, समूह, टोल, संस्था, समाज अनि राष्ट्र लाई सहि दिशा निर्देश गर्ने हो भने सहि पक्षलाई समर्थन गर्नुहोला । आफन्त र आफ्नो सम्झेर गलत विचार र गलत कार्यलाई कहिल्यै साथ नदिनुहोला ।
मान्छे पढेर शिक्षित अवस्य हुन्छ तर ज्ञानि नहुन सक्छ। ज्ञानी बन्न ज्ञानीको संगत गर्नु पर्छ। अज्ञानी शिक्षित मान्छे भन्दा अशिक्षित ज्ञानी मान्छेले सहि निर्देशन देलान् । शिक्षित ज्ञानी मान्छे भए कुनै परिवार, समूह, टोल, संस्था, समाज अनि राष्ट्र लाई सहि दिशा निर्देशन गर्नेछन् ।
लेखक: पूर्ण लिङ्देन
No comments:
Post a Comment