Pages

Powered by Blogger.

Friday, June 21, 2019

मृत्युपछिको भेट

****
करुण बिदाको दिन एउटा रेस्टुरेन्टमा खाना खान जान्छ। 
त्यहाँ खाना खाने क्रममा उसको एक सुन्दर युवतीसंग भेट हुन्छ ।
करुणलाई त्यो युवती कतै देखे जस्तो त कतै भेटे जस्तो लाग्छ।
करुणले मलिलो स्वारमा उसको नाम सोध्छ। युवतीले आफ्नो नाम करुणा भन्छ।
करुण छक्क पर्छ । उसलाई कताकता ती युवतीले ढाटेको जस्तो लाग्छ ।
त्यतिकैमा युवातीले सोध्छिन। अनि तपाईको नाम नि?
करुण मुसुस्क हास्दै ढाटेर आफ्नो नाम करण हो भन्छ।
***उताबाट आवाज आउँछ........तपाईहरु दुई जनालाई खाना हो?
दुवैले हो भन्छ। त्यसपछि होटेलवालाले खाना ल्याउछ।
अनि उनिहरु खाना खादै गफ गर्न थाल्छ। गफैगफमा करुणले कथा सुनाउन थाल्छ । युवती शान्त रहेर कथा सुन्दै खाना खान्छ ।
कथा यसरी सुरु हुन्छ.......
****
एका बिहानै थियो एउटा गाउँको एक घरमा मान्छेको भिड लागेको थियो। प्राय मान्छेको अनुहारमा शोकको अनुभुति झल्की रहेको देखिन्थ्यो। मान्छेहरु खासखुस गरिरहेका थिए। कोहि भित्र जाने त कोहि बाहिर निस्कने क्रम चलिरहेको थियो ।घरभित्र पस्दा थाहा भयो त्यहाँ एक नवजात शिशु रोइ रहेको थियो । अनि आमा चै मस्त निद्रामा थियो। मान्छेहरु भन्दै थिए। ती आमा चिर निद्रामा छिन अब कहिल्यै नउठ्ने गरि सुतेकी।
त्यहाँ अरु थप होहल्ला पनि चलिरहेको थियो। कसैले भन्दै थियो, त्यो बच्चाको बुवा लाहुर पसेको थियो रे। अनि केही दिन अघि मात्र उनी वेपत्ता भएको खबर सुन्नमा आएको थियो। अर्कोले भन्दै थियो, अब यो बच्चाको रेखदेख कस्ले गर्ने होला । उसको आमा पनि रहिनन अनि बुवाको पनि अत्तोपत्तो छैन ।
गाउँका केही ठुलाबडा तथा भलाद्मी मान्छेहरुको उपस्थितिमा, एक कुमार युवाले ती बाबुलाई रेखदेख अनि लालनपालन देखि पढाउने सम्म जिम्मा लिने कबुल गरे।  उनको मन्जुरीलाई स्वीकार गर्दै समस्त समाजले ती बाबु उनलाई जिम्मा लगायो। त्यसपछि सबै आअफ्नो घर लागे।
........केहिदिन पछि सबै गाउँलेहरु भेला भएर त्यो बाबुको न्वारान गराए। बाबुको नाम करुण राखे। भोज खाए रमाइलो गरे अनि छुट्टिए।
*********
एकदिन दुईदिन गर्दै हप्ता बित्यो, महिना बित्यो अनि वर्ष बित्यो । अब त करुण पनि एघार बाह्र वर्षको भइ सकेछ। उनले पाँच छ वर्षको उमेर देखिनै आफ्नो घरको काम सके सम्म सगाउदै आएको थियो। अहिले त उ बाख्रा तथा गाइबस्तु चराउनु जङ्गल पनि जाने गर्दोरएछ। गाइबस्तु चराउन जङ्गल जाने क्रममा उसको एक बालिकासङ्ग दोस्ती बसेछ । बालिकाको नाम नक्षत्र थियो। करुण र नक्षत्र सधै एकले अर्कोलाई जहाँ गए पनि पर्खेर संगै जाने अनि आउने गर्थ्यो। यसरी उनीहरु धेरै नजिक भएको थियो। उनिहरु जङ्गलमा प्राकृतिक सुन्दरतामा सातसाथै रमाउने गर्थे । समय बित्दै जादा उनिहरु पनि सत्र अठार वर्षको भइ सकेछ्न। वनमा लुकामारी खेल्ने अनि कहिले मेलापातमा जिस्किने बानिले उनिहरुको दोस्ती प्रगाढ बन्दै गएछ।
उनिहरुको मित्रता भएको पनि चारपाँच वर्ष पुगेछ। यसै क्रममा उनिहरुमा एकाअर्कामा मनमनै पिरती जाग्न थालेछ। तर उनिहरुले एकाअर्कालाई भन्न सकिरहेको थिएनछ । साथीहरूले उनीहरुको बारेमा कुरा गर्दा दुवै  लजाउने अनि मौन रहने गर्दथे। प्राय जसोले उनिहरुको जोडी सारै मिलेको भन्ने गर्थ्यो त कसैकसैले डाह गर्दथ्यो। 
एकदिन करुणले जङ्गलमा बस्तु चराउने क्रममा नक्षत्रलाई आफ्नो प्रेम प्रस्ताव राख्ने आट गर्छ । उसले आफ्नो कुरा राख्न मात्र के आटेको थियो नक्षत्र दगुरेर खसी धपाउन जान्छिन । खसिहरु धेरै टाढा भागेकोले नक्षत्र दगुरेर धेरै टाढा पुगिन। त्यसपछि करुण पनि आफ्नो गाइवस्तु लखेट्न हिड्यो। यस्तै क्रममा त्यो दिन त्यसै बित्यो । घर फर्कने समयमा कुरा गर्ने करुणको बिचार थियो । तर त्यो पनि सम्भव भएन । निराश भएर करुण घर लाग्यो। लगातार करुणले आफ्नो प्रेम प्रस्ताव राख्न खोज्छ तर सकिरहेको थिएन। उता नक्षत्रले पनि भित्रभित्र मन पराइ सकेको हुन्छ तर भन्न सकिरहेको हुदैन ।
********
एक महिना पछि करुणले जे पर्छ त्यही टर्छ भन्ने सोचेर नक्षत्रलाई आफ्नो कुरा राख्छ ।
नक्षत्र करुणको प्रेम प्रस्ताव सुनेर धेरै खुशी हुन्छिन् । मिठो मुस्कान संगै हुन्छ भन्ने संकेत गर्छ।
करुण पनि आफ्नो प्रस्तावको सकारात्मक जवाफ आएकोले खुशी हुन्छ। यसरी उनिहरुको मित्रता प्रेममा बद्लिन्छ।
त्यसपछि उनिहरुलाई त्यो जङ्गल स्वर्ग झैं लाग्न थाल्छ। उनिहरुको जोडी चखेवाको जोडी झैं थियो।
समयसंगै सबैको दैनिकी चलिरहेको थियो अनि उनिहरुको प्रेम चुलिरएको थियो। अब त करुण र नक्षत्र प्रेमी प्रेमिका बनेको पनि दुईतिन वर्ष पुगेछ।
उनिहरु हासीखुशी जीवन जिउँदै थियो।
एकाबिहानै अचानक नक्षत्रको गाउँमा बाढी पस्छ। गाउँ डुबानमा पर्छ। साथै सबै मान्छेहरु बगाउछ। कति मान्छेको जिवितै उद्धार हुन्छ त कति मृत फेला पर्छ। नक्षत्र भने बेपत्ता हुन्छिन् । खोजी कार्य तीब्र हुँदा पनि नक्षत्र फेला पर्दैनन् । गाउँसंगै करुण पनि सोकमा पर्छ। धेरैले करुणलाई सम्झाउछ । तर आफूलाई माया गर्ने अनि आफूले माया गर्ने मान्छे छुट्दा कस्को मन नरोला र ।
**********
लामो समयसम्म पनि बेपत्ता परेका मान्छे नभेटिएपछी गाउँ र आफन्तहरुले उनिहरुको  दाहसंस्कार गरे। त्यसमा नक्षत्र पनि एक थिइन् ।
त्यसपछि त करुण झन चिन्तित बन्यो। जहिल्यै टोलाइ रहने गर्थ्यो। सबैले सम्झाउदा सम्झाउदा उनले आफ्नो मन बलियो बनाएर आफ्नो काम गर्न सुरु गर्‍यो ।
तर उसले नक्षत्रसंगको वियोगले गर्दा एक्लो जीवन जिउने सन्कल्प गर्‍यो । यसरी नै करुणको निनचार्य व्यतीत हुन थाल्यो, नक्षत्रको सम्झनमा।
लामो सास फेर्दै करुणले कथा सक्छ।
******
निरास हुँदै युवतीले भन्छिन् ।
अनि करुण अहिले के गर्दै होला है ? अब त उसले विहे पनि गर्‍यो होला।
करुण भन्छ;- करुण त अहिले करण बनेर कथा सुनाइ रहेको छ। अझै  नक्षत्रको यादमा बाची रहेको छ।
साच्चै नै तिमी नै करुण हो त? युवतीले छक्क पर्दै सोध्छ।
हो म नै करुण हो। करुणले जवाफ दिन्छ।
युवती गहभरी आँसु पारेर सुक्कसुक्क गर्दै रुनु थाल्छ।
तिमीलाई मेरो जीवन कथाले छोयो है।
आइ म सारी है भन्दै करुण हिड्न खोज्छ । युवतीले करुणलाई अन्कमाल गर्दै म नै तिम्रो नक्षत्र हो भन्छिन् ।
तिमी कसरी नक्षत्र हौ ?
अघि मात्र तिमीले आफ्नो नाम करुणा भनेको हैन?करुण छक्क पर्दै सोध्छ ।
हो म नै तिम्रो नक्षत्र हो। युवतीले जवाफ दिइन् ।
अनि अहिले सम्म कहाँ थियौं नि? तिमिलाई त बाढीले बेपत्ता बनाएको थियो त हैन?
करुणले सोध्छ ।
हो मलाई बाढीले बगाएर यहाँ भन्दा धेरै टाढा लगेछ। तर भाग्यवस मलाई एक जना किसानले खोलाको किनारमा वेहोस अवस्थामा भेटेछ। त्यसपछि उपचार गरि घरमा लगेर राखेछ ।
पछि मलाई होश आयो । जब धेरै वर्ष वितिसकेको थियो । मैले बिस्तारै मेरो अतीत सम्झनु थले।
अनि तिमीसंगको प्रेम पनि याद आयो ।
तर मलाई लाग्यो यति लामो समय सम्ममा तिमिले कतै विहे गरि सक्यो भनेर।
जे भए पनि एकपटक तिमिलाई हेर्न मन भएर यहाँ सम्म  आए।
यति भन्न साथ करुणले नक्षत्रलाई कसिलो गरि अन्कमाल गरि रोयो।
त्यसपछी बाकी कुरा भोलि पर्सि घरमै गर्ने भनी ती प्रेमी प्रेमिका खुशी हुँदै करुणको घर तिर संगै लागे ।
*******
मृत्यु भयो भनेर क्रिया गरेको प्रेमिका भेटेर प्रेमी र प्रेमी भेटेर प्रेमिका खुशी भयो। यसरी नै "मृत्यु पछिको भेट" कथा समाप्त हुन्छ।
आज भन्दा १६/१७ वर्ष अघि लेखेर कथा हो यो। कतिले मौखिक कतिले पढेको पनि थियो हाला पहिल्यै नै । कति प्रसङ्ग चै नयाँ जोडेको छु ।
Thanks For Reading
Please comment me
So I can create more stories in future
लेखक: पूर्ण लिङ्देन

No comments:

Post a Comment

 

Search This Blog