प्रेम, विस्वास, शान्ति स्थल
अनि जीवन मुक्तिको पवित्र स्थान मानिएको
मन्दिर, मस्जिद, चर्च, मस्को
अनि गुम्बाहरु आजकल किन अशुरक्षित बन्दैछन् ?
हामी सबैलाई थाहा नै छ
बिज्ञानले संसारमा विशाल
परिवार्तन ल्याएको छ
तर त्यही बिज्ञानले जन्माएको
गोलाबारुद अनि बन्दुकहरु
आज किन प्राणघातक बन्दैछ ?
कहिले शान्तियुद्ध त कहिले गृह युद्ध
अनि कहिले आत्मघाती विस्फोटको नाममा
किन कैयौं मानवहरुको अप्राकृतिक मृतु हुदैछ ?
शासन शक्तिको अनि धन दौलतको मोहले
विवेकशील मान्छे किन यति साह्रो कठोर बन्दैछ ?
प्रेम, विस्वास, शान्ति स्थल
अनि जीवन मुक्तिको पवित्र स्थान मानिएको
मन्दिर, मस्जिद, चर्च, मस्को
अनि गुम्बाहरु आजकल किन अशुरक्षित बन्दैछन् ?
लेखक:- पूर्ण लिङ्देन
No comments:
Post a Comment