Pages

Powered by Blogger.

Wednesday, August 2, 2017

व्यक्ती, समाज र शक्ति

कुनै पनि समाजमा प्रत्येक व्यक्तिको आ-आफ्नो स्तर वा विवेक अनुरुपको आवश्यकता वा महत्त्व हुन्छ ।

समाज, सम्प्रदाय, समुदय वा कुनै पनि संस्था निर्माणमा सबैको आ-आफ्नो  स्थानमा आफ्नै खालको भुमिका रहेको हुन्छ । यसैकारण समाजका वुद्धिजिवी, युवायुवती, पदाधिकारी अनि सदस्यहरुले समाजको बनोट अनि महत्त्वलाई नजिकबाट बुझ्न जरुरी हुन्छ ।

कुनै पनि समुदाय, समाज, सम्प्रदय वा समुहलाई सहि दिशामा अघि बढाउन शक्ति केन्द्रीकृत गर्नु जरुरी हुन्छ । शक्ति केन्द्रीकृत गर्दा समावेसी र दुरदर्शिता अपनाउनु एकदम महत्वपूर्ण कुरा रहन्छ ।

शक्ति केन्द्रीकृत गर्नु कुनै एक वा धेरै व्यक्तिको विचारलाई सामाजिक मन्थन गरि उचित र दीर्घकालीन योजना तयार गर्नु पर्ने हुन्छ । सामाजिक रूपमा निस्किएको योजना सामाजिक योजना हो भन्ने बुझाइ सबैमा विकास हुनु जरुरी छ ।

सामाजिक शक्तिको सहि उपभोग गर्नको लागि समाजका प्रतेक सदस्यले उचित व्यक्तिलाई निर्वाचनको माध्यमबाट चयन गर्न सक्नेछन् । कुनै पनि उम्मेद्बारीलाई निर्वाचनमा लाने य नलाने भन्ने कुरा जनताबाट तय गर्न सकिनेछ । यदि भविष्यमा निर्वचित व्यक्तिले सहि काम नगरे उसलाई निलम्बन गर्ने अधिकार जनतामा नै निहित हुन्छ ।

समाज निर्माण हुने प्रक्रिया कहिल्यै अन्त्य हुदैन किनकि समयसंगै सामाजिक महत्व र मानिसको विचार परिवर्तन हुँदै जान्छ । वर्तमान र भविष्यमा आउने समय अनुरुपको उचित र सहि परिवर्तनलाई स्वीकार्दै अघि बढ्नु समाजिक प्राणिको चतुर्‍याइँ हुन जान्छ ।

हामीमा के कुरा स्पष्ट हुनु जरुरी छ भने समाजमा कुनै समयमा सहि लागेको कुरा पछि कुनै समयकालमा गएर सहि नहुन पनि सक्छ । यस्तो कुरालाई स्वीकार गर्नु नै परिवर्तन हो ।

समाजमा कति व्यक्ति यस्तो हुन्छ जो अरुको विचार अनि प्रतिक्रियालाई उचित रुपमा समावेश गर्न वा कदर गर्न जान्दैनन् वा चाहदैनन् । यस्तो कार्यको विकासले समाजलाई कहिल्यै सहि दिशामा लान सकिदैन।

तसर्थ हामी सबै एकजुट भएर समाजको शक्तिलाई सहि रूपमा केन्द्रीकृत गर्न अघि सरौ । आ-आफ्नो अहम्तालाई जरैदेखि उखेलेर फालौ ।

No comments:

Post a Comment

 

Search This Blog