Pages

Powered by Blogger.

Sunday, May 28, 2017

मपाईबाद

यहाँ बिउ छरेर
उमार्ने एउटा
अनि उम्री सकेको बालीलाई
भागबन्डा गर्ने अर्कै

कसैले बिउ छर्ने चिनेर पनि
नचिनेको झै गर्ने खै किन हो?

बजारमा भने बीउ छर्नेको चर्चा
त्यही चर्चाले होला धेरैको खप्पर दुखेको

बीउ छर्नु र मलजल गर्न सरम मान्ने अनि
बाली सप्रे पछि लोभिने मान्छेको स्वाभाव न हो

त्यसैले होला आजकल बीउ छर्नेहरु मपाई बनेको
न बनोस् पनि किन?
कसैले बुझेर तपाई भन्न चाहे पो

आजकल मपाईबाद फस्टाएको पनि त्यही
अरुलाई तपाई बन्न लोप गर्ने मान्छेको
स्वार्थी स्वाभावले गर्दा नै हो

जय मपाईबाद
जय जय जय


No comments:

Post a Comment

 

Search This Blog