Dedicated to all my childhood
friends, relatives and wel wishers....
एक पटक अवस्य पुरा पढी दिनुहोला र राम्रो लागे पनि नराम्रो लागे पनि कमेन्ट गरिदिनु होला |
म तिमीलाई चाहेर पनि भुल्न सक्दिन साथि | तिम्रो हरेक साथले नै मलाई अहिलेको अवस्था
सम्म ल्याएको छ | तिमीले त बिर्सी सक्यौ होला जब म सानो थिए तब तिमीले मलाई सधै
कसिलो गरि अंगालोमा समातेर राख्थ्यौ | म हरेक कोशिस गरि तिम्रो अंगालोबाट फुत्केरा लामो सास फेर्ने कोसीसमा हुन्थ्ये किन कि तिम्रो सधैको सामिप्यताले म शिथिल भैसकेको थिए/हुन्थ्ये | अनि तिमी सारै नै जिद्दी थियौ |त्यहि तिम्रो जिद्दीपनले गर्दा मलाई धेरै ज्ञान मिल्यो| तिमीले मलाई मित्रताको नाममा सारै सताएको थियौ | तिम्रो सधैको साथले म अन्य साथिहरुसंग खासै रमाउन सकिन त्यो
वाल्यकालमा | जब म सानो थिए तिमी ठूलो रुपमा प्रस्तुत तिमीले पाउछौ | किन कि तिम्रो
साथ् नहुदो हो त ममा अर्कै तरिकाको विचार अनि हुन्थ्यौ | मेरो बढ्दो उमेरसंगै ममा ज्ञान, विवेक आदि आउन थाल्यो जसको श्रेय मानसिकताको विकाश हुन्थियो होला | त्यसैले म तिमी प्रति धेरैनै आभारी छु |
तिम्रो साथले दिएको अनुभवलाई प्रयोग गर्दै मैले अन्य साथिहरुसंग मिलेर धेरै काम गर्ने मौका पाए, थप अनुभव बटुल्न पाए | तिम्रो साथको कारण ममा अनौठो अनि नयाँनयाँ नयाँ कामको थालनी गर्न पाए जो काम खासै त्यो अवस्थामा मान्छेमा कम उब्झिने गर्छ | तरिकाको कार्य गर्ने जोस जागर
पलायो | त्यसैले मैले वाल्यकाल अवस्थामा विल्कुल के गर्न लागेको भन्ने पनि गरे, कतिबाट आलोचना खेप्नु पर्यो, धेरैले साथ दिए अनि त्यो सब थोकको विचार आउनुमा तिम्रो अब्बल हात रहेको छ | कुनै साथीले त यो मान्छे ज्ञानको प्रयोग गरि हरेक परिस्थितिबाट मुक्त हुन सिकेको छु | थोरैले दिएनन | म एक्लो हुदा सधै तिम्रो सामिप्यता रहेको हुन्छु | तिमीबाट लिएको तसर्थ म तिमिलाई चाहेर पनि भुल्न सक्दिन | पहिले तिमीले मलाई सतायौ अब म तिमीलाई सताउन चाहन्छु|तिम्रो जति उपस्थिति भयो मलाई त्यतिनै आनन्द आउछ | तिम्रो उपस्थिति विना त म एक निर्जीव बस्तु जस्तै हुन्छ | जब तिम्रो उपस्थिति हुन्छ तब म सक्रिय हुन्छ | तिमी नै हौ मेरो वाल्यकालदेखिको प्यारो साथी “समस्या” | तिमीले दौडिन सिकायौ, लड्न सिकायौ, उठ्न सिकायौ, जित्न सिकायौ, हारेर जित्न सिकायौ अनि अरु धेरै सिकायौ |
मेरो प्यारो साथि
“समस्या” ........
मेरो प्यारो साथि
“समस्या” ........
Lingden Purna
No comments:
Post a Comment