सानो छदा बालुवा खेलाउनुको मज्जा बेग्लै थियो
निसङकोच उफ्रेर
रमाउनुको मज्जा बेग्लै थियो
हतार हतार बलुवाको घर बनाइ साथीहरू बिचमा
तेरो राम्रो मेरो
राम्रो भनी कराउनुको मज्जा बेग्लै थियो
कापीको पन्ना गासी पखेटा पुच्छर चिटिक्क लगाइ
निलो आकाशमा चंगा उडाउनुको मज्जा बेग्लै थियो
अन्जानमा गल्ति हुन जादा बाल्यकालमा पिटाइको
डरले लुकीलुकी
आमासंग डराउनुको मज्जा बेग्लै थियो
No comments:
Post a Comment