Pages

Powered by Blogger.

Thursday, July 28, 2016

गजल

विदेश जाने मान्छेले देशलाई भुल्यो भन्दिन म
देशमा बसी जनता ढाटी धोका दिनेलाई गन्दीन म

झुटको खेति गरि मतलवी बन्छौ भने बन तिमी
तर यसरी आफै खस्ने भयानक खाल्टो खन्दिन म

परे एक्लै जीवन यात्रामा निस्कनु तयार छु सधै
तर झुट र स्वार्थको  संगतगरि कठपुतली बन्दिन म

आपसी भाइचारा सबैमा विकास गर्दै अघि बढौला
तर आफै ठूलो बन्न स्वार्थ बोकी कालो जालो बुन्दिन म 

No comments:

Post a Comment

 

Search This Blog