Pages

Powered by Blogger.

Monday, April 18, 2016

अधुरो प्रेम

एका बिहानै म आफ्नो बिद्यालयको कामले निस्किन तयार हुदै थिए |
म घर बाहिर बसिरहेको थिए | बिद्यार्थी आउने क्रम चलिरहेको थियो |
घर अगाडी ठुलो बाटो थियो |त्यहा धेरै मान्छे आवाज जावत गर्थे | बिद्यार्थीको बाक्लो उपस्तिथी थियो बाटोमा |
यसो हातको घडी हेरे |
मेरो अफिसको समय भएकोले म अफिस तिर जान लाग्दै थिए |
सर एकछिन पख्नुस न | भन्ने आवज सुने |
अनि मैले पछाडी पर्केर हेरे | म अचम्ममा परे | किनकि अर्कै बिद्यालयको पोषकमा सजिएको दुइ सुन्दर युवतीहरु मैले देखे |
मनमनै सम्झे, उनीहरुको कोहि मान्छे मेरो बिद्यालयमा पढ्छन |
अनि टक्क रोकिए |
एउटी चै मेरो नजिक आई अनि झोलामा हात हाली र त्यहाँबाट कलम झिकेर म तर्फ हात बढाइन |

मैले फ्याट्ट सोधे |
यो केको लागि हो नि ?
राख्नु न तपाईलाई यो | मेरो तर्फाबाट |
उनीले मधुर स्वारमा भनिन |
मलाई ढिलो भएकोले कुरा बढाउनु भन्दा चुप लागेर मैले कलम समाए
अनि स्कुल तर्फ बढे |
उनि पनि आफ्नो सखीसंग आफ्नो बाटो लागिन |
*********************************
*********************************
केहि दिन पछि अलि अलि गर्दै हाम्रो भेट हुन थाल्यो |
कहिले एस.एम.एस त कहिले फोनकलबाट
हामी एक अर्काको भावना साटासाट गर्ने गर्थ्यौ |
बाटोमा भेट हुदा उनले मिठो मुस्कान संगै सर भनि सम्बोधन गर्ने गर्थी |
प्राय म उनीलाई नाम भन्दा पनि तिमी मात्रले सम्बोधन गर्थ्ये |
यसरी दिन बित्दै गयो |
कहिले महिला दिवस त कहिले सरस्वाती पूजा जस्ता कार्यक्रमले हाम्रो भेट भइ रहन्थ्यो | अनि वार्षिक खेलकुद कार्यक्रम तथा अतिरिक्त क्रियाकलापले पनि |

एक दिन मलाई फोनकल आयो |
मैले फोन उठाए र हेल्लो भने |
अनि उसले मलाई समय मिलाएर उनको घरमा आउन निम्तो दिईन |
मैले पनि समय मिले म अवस्य आउछु भनि वचन दिए |

अनि तिन दिन बाद म उनको घरमा गए | उनको परिवार परिवारसंग परिचय भयो | अनि मिठो चियासंग मिठामिठा कुराकहानी भयो |
उनि चै सुशील अनि अनुशासित तरिका प्रस्तुत भइ रहेकी थिईन |
घर वारीपारिको दृश्यमा रमाउने मौका मिल्यो |
यसरि हाम्रो सम्बन्ध नजिक हुदै गयो | समय पनि बित्दै गयो । एक दिन दुई दिन अनि महिना हुँदै वर्ष बित्यो ।

एक दिन उनि र म मात्र एउटा रमणीय स्थलमा घुम्नको लागि निस्कियौ |त्यो ठाउँ यति रमणीय थियो,त्यसको बयान गर्ने कुनै शब्द छैन मसंग |
हामी हरियो चौरको एउटा वृक्ष मुनि बस्यौ |जहाँबाट सेताम्मे हिमाल देख्न सकिन्थ्यो | लालीगुरास फुलेको पनि देखिन्थ्यो | उनले मलाई आखा बन्द गर्न लगाइन | मैले आखा बन्द गरे | केहि समय पछी मिठो स्वारमा म तपाईलाई धेरै माया गर्छु भन्ने शब्द निकाल्दै उसले मलाई आखा खोल्न भनिन|
मैले आखा खोले | अनि उनले हातमा भएको लालीगुरास फुलको गुच्छा म तिर बढाइन|
मैले फुलको गुच्छा समाए |
अनि उनको प्रेम प्रस्तावको जवाफ दिन म केहि बोल्न खोजे|
तर मेरो बोलि निस्केन | मैले फेरि बोल्ने प्रयास गरे तर सकिन |
बलगरेर लामो सास फेरे अनि यसो विचार गरेको त |
कलमको मसि सिद्धिएछ | म त कथा लेखन कार्यमा डुबेको रहेछु |
एक सुन्दर युवतीले दिएको कलमले कथा लेख्दा लेख्दै मसि सकिएर कथा पनि अधुरै रह्यो |
****Lingden Purna****
Full Topic: कलमसंग गासिएको अधुरो प्रेम |








No comments:

Post a Comment

 

Search This Blog