समयसँगै हामीले प्रयोग गर्दै आएको कम्प्यूटरको आकार पनि सानो हुँदै गएको छ। अहिले कम्प्यूटर बजारमा धेरै पोर्टेबल कम्प्यूटर डिभाइसहरु उपलब्ध छन्।
यसै क्रममा हालै यस्तै एक उत्पादन ‘कंगारु’ आएको छ जसको निर्माण अमेरिकन इलेक्ट्रोनिक्स कम्पनी इनफोकसले गरेको हो। कम्पनीका अनुसार यो संसारकै सबैभन्दा सानो पोर्टेबल डेस्कटप कम्प्यूटर हो।
यसको लम्बाई १२४ मिमि, चौडाई ८०.५ मिमि र मोटाई १२.९ मिमि भएको कम्पनीले बताएको छ। कम्पनीले यो डिभाइस स्मार्टफोनको आकार बराबरको रहेको पनि बताएको छ।
यसमा निकाल्न मिल्ने बेस यूनिट रहेको छ जसमा एचडीएमआई पोर्ट, यूएसबी २.० पोर्ट, यूएसबी ३.० पोर्ट र डीसी पावर पोर्ट रहेको बताइएको छ। एडेप्टर र पावर कोर्ड विना यसको तौल २०० ग्राम रहेको र यसमा विन्डोज हेलो फिंगरप्रिन्ट सेन्सर पनि छ।
यसमा १.४ गीगाहर्ज क्वाडकोर इन्टेल ‘चेरीट्रेल’ एटम एक्स ५–जेड ८५०० प्रोसेसर छ भने २ जीबी र्याम र ३२ जीबी इन्टरनल मेमोरी छ। यसमा १२८ जीबीसम्म बढाउन सकिने बताइएको छ।
No comments:
Post a Comment