Pages

Powered by Blogger.

Tuesday, October 27, 2015

सेकेन्ड ह्यान्ड स्मार्टफोन किन्दा जाँच गर्नुपर्ने कुराहरु

sartphone
यदि सस्तो मूल्यमा सेकेन्ड ह्यान्ड स्मार्टफोन पाइरहेको छ भने जो कोही पनि यस्तो फोन किन्न आतुर हुने गर्छन्। सेकेन्ड ह्यान्ड फोन किन्नु नराम्रो होइन तर यस्ता फोन किन्दा निकै ध्यान पुर्‍याउनु पर्ने हुन्छ। यस्ता फोन चोरीका पनि हुन सक्छन्।
यस्ता फोन खरिद गरेपछि भविष्यमा विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्छन्। हामीले सेकेन्ड ह्यान्ड फोन खरिद गर्दा केही विशेष कुरामा ध्यान दिनु पर्ने हुन्छ।
सेकेन्ड ह्यान्ड फोन खरिद गर्ने यसयमा उक्त फोनको बिल, बक्स र एसेसोरीज पनि माग्नु पर्छ। यदि यी सबै कुरा उपलब्ध गराइन्छन् भने फोन सुरक्षित नै हो भनेर बुझ्न सकिन्छ। यदि फोनको साथमा कुनै पनि एसेसोरीज, बिल र बक्स उपलब्ध गराइएन भने सर्वप्रथम *#06# डायल गरि उक्त फोनको आईएमइआई नम्बर चेक गर्ने।

त्यसपछि www.imeidetective.com वेवसाइटमा गएर उक्त आईएमइआई नम्बर चेक गर्ने। यदि फोन हराएको हो वा चोरी भएको भने त्यसबाट थाहा पाउन सकिन्छ। उक्त वेवसाइटमा हराएको वा चोरी भएको फोन ट्र्याकिङमा राखिएको हुन्छ।
सेकेन्ड ह्यान्ड फोन खरिद गर्दा फोनको बाहिरी भागका साथै फोनको हार्डवेयर पनि चेक गर्नु पर्ने हुन्छ। फोनको चार्जिङ सिस्टम ठीक छ की छैन, क्यामरा, स्पिकर, सिम लाग्ने ठाँउ सबै चेक गर्नु पर्ने हुन्छ। सकिन्छ भने इन्टरनेटको प्रयोग गरेर केही कुरा डाउनलोड पनि गर्नुपर्छ र फोनलाई कम्प्युटरसँग कनेक्ट गरेर डाटा ट्रांसफरमा कुनै प्रकारको समस्या छ की छैन भनेर चेक पनि गर्ने।

प्रकाशित मिति: बुधबार, कार्तिक ११, २०७२ ११:१९:१

No comments:

Post a Comment

 

Search This Blog