Pages

Powered by Blogger.

Thursday, November 27, 2014

तिम्लाई प्रश्न [कविता]


 फूलको सुन्दरतालाई देखेर पागल 
अति पागल नबन तिमी  

फूल को स्पर्स  गर्दा 
कतै काडाले चोट दिदा तिमीलाई 
दुखि अति दुखि नबन तिमी 
(किनकि) २ प्रकृतिको नियम यस्तै छ |

 यहाँ , 
फूलको सुबास लुटिएको छ
 दियोको उज्यालो छलिएको छ 

( त्यसैले त आजकल)२ 
दुर्गन्धले राज गरेको छ  
अध्यारोमा कैयौं काम गरिएको छ
फूलको रुपमा कैयौं हामीलाई भुलाईएको छ 

सुन्दरताको अन्दोभक्त बन्नेहरु हो 
हेर तिमी, हेर आफैलाई निहालेर 
तिम्रो शरीर चोटले भरिएको छ 
तिमी आफै भित्र बिलाई रहेको छौ 

तर तिमी आफै,
फूलको  भ्रममा अन्धो बनिरहेछौ
तिमी फूलको समिपमा बस्छौ 
तर जहिले अन्ध्यरोमा पर्छौ 
तब तिम्रो के अर्थ ? तिमी ,तिमी हुनुमा ,तिमी कसरी गर्व गर्छौ?

No comments:

Post a Comment

 

Search This Blog