सन् १९९०
को दशकमा भूटानको शासन व्यवश्थाले लाखौको संख्यमा आफ्ना नागरिक (ल्होत्सम्पा)हरूलाई देश बिहीन बनाएर नेपालमा शरणार्थी जीवन व्यातित गरेको घटना सर्वबिधितै छ । ठूलो संख्यमा शरणार्थीहरू विविध देशहरूमा पुनर्वास भैसकेकाछन् ।
यो कुरा पनि विश्वा र पीडित शरणार्थीहरूलाई थहा छ . हालमा शरणार्थीहरू अझै पनि स्वदेश भर्कने आशामा कष्टकर जीवन निर्वाह गरिरहनु भएको छ । जुन देशले आफ्नो जन्मभूमिबाट निर्दोष मानिसहरूलाई विभिन्न अमानवीय यतना दिएर 'घरकोन घाटको' बनाएको छ, त्यो कुरा पीडित एवं शरणार्थी जीवन विताउने मानिसहरूले मात्र महशुस गर्न सक्छन् कि त्यहाँ भित्र कति वेदनाहरू हुन्छन् ; चित्कारहरू हुन्छन् ; कति छट्पटी र मानवअधिकार कुन्ठित भएको हुन्छ ।
सारमसमा आज त्यही वेदनाभित्रको एउटा अनौठो कथा उजागर गर्ने विचार गर्दै छु . भूटानको 'राष्ट्रिय दिवास' को नाममा भ्रमको खेती गर्ने मानिसहरूको विकाश भैरहेको छ, जसका कारणले गर्दा बिषौ वर्षसम्म शरणार्थी जीवन भोगेका मानिसहरूको भावनामा नकारात्मक प्रभाव परेको अनुभूति भएको छ ।
यो भूटानको 'राष्ट्रिय दिवास' आफूलाई बुद्धिजिवी मान्ने मानिसबाट भएको कुरा अस्ट्रलीयको मेलवन शएरबाट स्पष्ट भएको छ । 'राष्ट्रिय दिवस' मनाउन नपाइने भन्ने चांहि होइन तर कसता व्याक्तिहरूले मनाउने कसता व्याक्तिहरूले नमनाउने भन्ने विषय बुझ्न नितान्त आवश्यक छ ।
यो दिवस देशबाट विविध यतना भोगेर एवं देशबाट विस्थापित भएका पीडित व्याक्तित्वहरूले मनाउनु पर्छ भन्ने मलाई लाग्दैन, किन भने जुन देशले अथवा जुन शासकले चरम यतना दिएर आफ्नो सर्वस्वा हरन गरेर देशबाट लखेटेको छ त्यहि देशको, त्यहि प्रशासकको दिवस मनाउने भन्ने विषय मलाई हास्यस्पद लाग्दछ ।यसमा कुनै तार्किक्ता छैन, कुनै अर्थ छैन ।
यस्तो मानिसहरूको लागि यसको अर्थ र तात्पर्य हुन शायद सक्छ जुन सम्बन्धित देशका शोसित पीडित शरणार्थी एवं मानिस होइनन् । आफूलाई सर्वपरि ठान्ने व्याक्तिहरूले यथार्थको इतिहास तथा धरातललाई बिर्सेर पीडित व्याक्तिहरूको अधिकार र भावना माथि खेल्बाड गरेको स्पस्ट हुन आएको छ ।
बिवादास्पद कार्यक्रम गरेर मान्छेको दिमाक चाट्ने काम नगरियोस । कुन काम गर्दा समाजमा त्यसको नकारात्मक प्रभाव पर्दछ वा सकारात्मक प्रभाव पर्दछ, त्यो कुरा गहन अध्ययन, मनन्, चिन्तन गरेर मात्र गर्नु पर्छ, नत्र त्यो अपवाद, अपव्यख्या, भ्रम र नून नलगाको तर्कारी जस्तो मात्र हुनेछ ।
No comments:
Post a Comment