Pages

Powered by Blogger.

Monday, November 11, 2019

मान्छे, मित्रता अनि सम्बन्ध

वास्तवमा मान्छे, मान्छे हुन । 
यी समुदाय, जात, धर्म, वर्ग आदि जिउने आधार, आस्था, अवस्था र माध्यम मात्र हुन । यसो भनी रहदा कुनै पनि समुदाय, धर्म अनि जात प्रती मेरो कुनै बिरोध छैन । कसैले कुनै समुदाय, धर्म, समूहमा रहनु आआफ्नो आस्था र इच्छाको कुरा हो । तर आफ्नो आस्था, धर्म र जात बचाउन अरुको आस्था, धर्म अनि जातलाई गलत अनि आफ्नो चै सहि हो भन्नू चै बेठीक हो । कुनै पनि समूहमा केही गलत पाटो, गलत मान्छे वा गलत कार्य प्राय हुन्छ नै । आफ्नो गलत कुरालाई स्विकार्नु नै महान कुरा हो ।

आफ्नो समुदाय, आस्था, धर्म वा कुनै समुहलाई राम्रो बनाउन लागि पर्नु पनि गलत होइन । तर अन्य समुदाय, धर्म, आस्था वा समुहलाई सम्मान गर्न पनि सक्नु पर्दछ । अरु आस्थालाई सम्मान गर्न नसक्ने व्यक्ति वा समुदायले अरुबाट सम्मानको आशा गर्नु बेकार हुन्छ ।
हाम्रो समाजमा यस्ता व्यक्ति पनि छन् जो निस्वार्थ आफ्नो मित्रता निभाउछ । चाहे एक अर्को समुदाय, धर्म वा वर्ग कै किन नहोस् । मित्रतामा सम्मान भन्दा नि विस्वासको अति जरुरत देखिन्छ । मित्रतालाई धर्म, समुदाय, वर्ग अनि जातले तुलना गरिन्छ भने त्यो वास्तविक मित्रता हुनसक्दैन । असल मित्रतामा स्वार्थ, डाह अनि सम्झौता हुदैन ।

आफू माथी जान, आफू सम्मानित हुन र आफ्नो फाइदाको लागि मात्र कसैले कसैसङ्ग सम्बन्ध गास्छ भने त्यो सम्बन्ध दिगो हुँदैन । दिगो सम्बन्धको लागि निस्वार्थ व्यबहार अनि साथको जरुरत हुन्छ । देखावटी मित्रता, सम्बन्ध अनि व्यबहार लामो समयसम्म चल्दैन ।

समाजमा जो व्यक्ति हल्का अनि इमानदार हुन्छ । त्यस्तो व्यक्तिलाई सोझोको संज्ञा दिइन्छ । अनि जो व्यक्ति छट्टु र झुठो हुन्छ । त्यस्तो व्यक्तिलाई बाठोको संज्ञा दिइन्छ । यस्तै गर्नाले समाजमा गलत प्रविधिलाई प्रोत्साहन गरि रहेकोछ ।

अलिकति तितो तर सत्य कुरा अन्तमा ।
जो मान्छेले समुदाय, समूह, मित्रता वा सम्बन्धलाई दिगो राख्न झुक्छ उलाई बाठो वा ठूलो भनिन चहानेहरुले निच सम्झन्छन् । म एक पात्र समुदाय, समाज, धर्म, वर्ग अनि जात देखि माथि उठेर सम्मान, निम्तो र स्तरको वास्त नगरी मित्रको सहयोगमा जुटेको/जुट्ने मान्छे ।
तर म पात्रले बद्लामा के पाउछ? 
अपमान, धोका अनि बिश्वासघात ।
ठूलो पल्टिनेले सम्बन्ध र मित्रतामा पनि स्वार्थ, सम्मान र फाइदाको लागि मात्र अघि सर्छन ।

मान्छे, मान्छे हो बाकी कुराहरु जिउने आधार हुन ।

लेखक:- लिङ्देन पूर्ण 


No comments:

Post a Comment

 

Search This Blog