Pages

Powered by Blogger.

Friday, October 11, 2019

Language

आज हामी ऋतुको नाम सिक्छौ
वा:म्मा / चुरुम्भुङ मिङ
फुङ्वा:म्मा -- वसन्त ॠतु
हाङवा:म्मा ---- ग्रुस्म ऋतु
वागे:कवा:म्मा---- बर्सा ॠतु
तङवा:म्मा--- सरद ॠतु
सेनवा:म्मा ---- हेमन्त ॠतु
चुङ्वा:म्मा ---- शिशिर ॠतु
मुन्धुम अनुसार याक्थुङ लिम्बू जातिमा गरिने अनुष्ठान सब्दहरु :-
१) आप्सो:क ---- प्रसाद
२) करक ----- जोखना
३) चेसो:क / चासो:क ---- न्वागी
४) तङसिङ --- सृष्टि उत्पतिको वर्णन गर्दै मनुष्यको उन्नती ,सान्ती तथा समृद्धि साथै मृताअत्माको सान्तिको लागि समेत गरिने याक्थुङ लिम्बू जातिको धार्मिक अनुस्ठान पुजा ।
५) सोघा---- दुर्घटनाजनित प्रेत वा दुस्टआत्मा
६) सुगुत ---- सुत्केरी हुन नसकी अकालमा मर्ने स्त्रीको प्रेतात्मा ।
७) नाहेन ख:मा---- ईष्र्या , द्देस आदिबाट रक्षाको लागि गरिने पुजा ।
८) पेहेङ --- देवतालाइ जाड चढाइने मुख छड्के काटेको बासको तोङ्बा ।
९) माङगेन्ना ----- ( आफ्नो रक्षाको लागि ) सिर उठाउने पुजा
१०) मुन्धुम --- धर्मसास्त्र , श्रुतिपरम्परा
११) युमा साम्यो --- युमा धर्म
१२) साप्पो:क चोमेन -- कोख पुजा
१३) येहाङ --- इस्वरिय ज्ञानले सम्पन्न लिम्बू पुरोहित ( फेदाङमा ,साम्बा, येबा ) जसले सर्बप्रथम सृष्टिको कथाको वर्णन गरे तथा कर्मकाण्ड र सस्कार बिधिको निर्माण गरे ।
१४) येबो ---- प्रतीक ,साक्षी
१५) ले:त्छाम --- मान्छेलाइ बिमार गराउने एक जिवात्मा, प्रेतात्मा।
१६) येगाप्चि/ येगाप्चिबा ---- मन्त्र पाठमा येबालाइ सहायता गर्ने सहायक ।
१७) माङजुम ---- पुजाको सामग्री तयार गर्ने मान्छे ।
१८) युमाङ ---- गाउको रक्षाको लागि गरिने सामुहिक पुजा ।
१९) याग्राङ्सिङ --- पुजाको मध्य भागमा गाडिन्ने बासको लिङ्गो
२०) मुइनाम/ मैनाम --- पुजाको स्थानमा मान्छेको सट्टा प्रयोग हुने प्रतीक स्वरुप वस्त्र ।
२१) ताप्फेङ ---- आफ्नो रक्षाको लागि घर बाहिर गरिन्ने विशेष  पुजा ।
२२) थिसो:क---- पहिलो चोटि काटिएको नया पाकेको अन्नबाट बनेको जाड / रक्सी ( जो देवतालाइ चढाइन्छ )
२३) लासो -- बेदि
२४) माङहुप ते:मा---- गालि सराप बगाउने पुजा ।
२५) माङख:मा---- पुजा
२६) फेदाङमा-- याक्थुङ लिम्बू पुरोहित
२७) साम्बा---- याक्थुङ लिम्बू पुरोहित
२८) येबा--- याक्थुङ लिम्बू पुरोहित
२९) येमा --- याक्थुङमा लिम्बुनी स्त्री पुरोहित
३०) साप्तो:क --- एक प्रकारको बासको तोङ्बा ( देवतालाइ जाड  चढाइने )
३१) साम्सामा--- पितृलोकतिर मृतब्यक्तिको हङ्स पुर्याउने विधि ।
३२) सिसाम---- मृत ब्यक्तिको प्रेतात्मा
३३) सुतलुङ --- पुरोहित बन्न अघिका चरण
३४) वसो?फुङ्वेत ---- पुजामा चलाइने लौकाको चिन्डो ,लौका ।
३५) साङलाङगो / साङलाङ्गोबा--- नृत्यको समयमा पुरोहित लाई साथदिने सहयोगी ।
३६) सग्रेङबा -- बासको झाडि आदिमा बस्ने भुत या प्रेत
आजलाइ यति -( आइन एम्भ्रक लो )

No comments:

Post a Comment

 

Search This Blog