Pages

Powered by Blogger.

Monday, June 18, 2018

विचार

अहिलेको 21 औं सताब्दिमा पनि केही मान्छेहरुले एउटा पुस्तक, आस्था वा कथन को आदार अर्को पुस्तक, आस्था वा कथन लाई प्रहार गर्न समय अनि विवेक खर्चेको देख्दा नरमाइलो लाग्छ ।

साच्चिकै मानिस विवेकशील प्रा‍णी हो भने एकले अर्कोको आस्था अनि भावानमा चोट पुराउने काम गर्ने छैन। साथै आफू मात्रै ठुलो हु भन्ने घमण्ड पनि राख्ने छैन । मानिसको बोलीले हैन व्यवहारले उसको वास्तविकता बुझाउछ ।

अहिलेको समयमा हामीले आआफ्नो सहि संस्कार, संस्कृति अनि आस्था बचाउदै अरुको सहि संस्कार, संस्कृति अनि आस्था लाई सम्मान गर्न सक्नु पर्दछ ।
यदि अरुको सहि भावना, आस्था, संस्कार अनि संस्कृति लाई सम्मान गर्न सक्दैनन् भने विरोध पनि नगरे हुन्छ ।

समस्त संसारको मान्छेलाई चहिने माया, प्रेम, शान्ति अनि बन्धुत्व नै हो । तसर्थ हामी विवेकशील, बुद्धिजीवी अनि बाठाे मनिने युवाहरूले एकाआपासमा फुट आउने कार्यलाई होइन बरु एक आपसमा एकता कायम हुने कार्य अनि अभिव्यक्ति मा अग्रसर हुनु जरुरी छ ।

फेरि पनि भन्न चहान्छु:- एउटा कुनै पनि पुस्तक, ग्रन्थ, संस्कार वा आस्था को आधारमा अरुको पुस्तक , ग्रन्थ, संस्कार वा आस्थामा प्रहार गर्ने काम सबैले बन्द गर्नु पर्दछ । एकले अर्कालाई सम्मान गरे मात्र अर्कोले आफुलाई सम्मान गर्नेछ । यो कुरा सबैलाई थाहा छ ।

No comments:

Post a Comment

 

Search This Blog