Pages

Powered by Blogger.

Wednesday, December 23, 2015

My Divorce

सन 1984 मा गासिएको मेरो,उनी संगको सम्बन्ध धेरै टिक्न सकेन । लगबग 5/6 वर्ष पछि हाम्रो सम्बन्ध विविध कारणले बिग्रेर गयो । आखिरमा उनको र मेरो  सम्बन्धविच्छेद भयो । उनीसंग छुट्टीएर बाच्ने रहर त थिएन तर म विवस थिए अलग हुन । मेरा पाइलाहरु संगै उनको र मेरो दुरि लम्मिदै गयो । रात बित्यो,दिन बित्यो समयले हामिलाइ धेरै अलग गर्यो ।मैले उनलाई भेट्ने धेरै प्रयास गरे तर मेरो सबै मेहेनत खेर गयो ।
समय संगै  अघि बढन मैले अर्को नयाँ सम्बन्ध गास्नु पर्ने भयो । विवस जीवनमा मैले सन 1991 सालमा दोस्रो साईनो गास्न पुगे । बिस्तरै बिस्तारै मेरो नयाँ सम्बन्ध अघि चल्दै थियो । सुख दुख  चल्दै थियो । दिन पछि रात अनि रात पछि दिन हुँदै मेरो दोस्रो सम्बन्धले 23/24 वर्ष पार गरिसकेछ । मेरो मनमा नयाँ तरिकाको जीवन जिउने आशा पलाएको थियो ।
समय बित्दै जादा मलाई तेस्रो सम्बन्धको प्रस्ताव सन 2007 सालमा आयो । मैले त्यो प्रस्तावलाई खासै वास्त गरिन सुरुमा । पछि सन 2014 मा आएर मैले नयाँ प्रस्तावलाई स्विकारे तर उताको तर्फ सुरुमा तयार रहेन । बल्ल सन 2015/12/1 मा मेरो नयाँ तेस्रो सम्बन्ध गासिन पुग्यो । आज मेरो नयाँ सम्बन्धको 23 सौ दिन पार हुदैछ । यो सम्बन्धको सुरुवात त राम्रै छ । तर भोलि के हुने थाहा छैन ।
मेरो पहिलो सम्बन्ध भुटान, दोस्रो नेपाल अनि अहिले अष्ट्रेलिया संग छ । मलाई विस्वास छ मेरो तेस्रो सम्बन्ध विच्छेद हुने छैन ।
Friendz plz comment me

No comments:

Post a Comment

 

Search This Blog