हामीमध्ये धेरैजना फ्री हुनासाथ टिभी हेर्न थालिहाल्छौँ। तर, धेरै टिभी हेर्नुका अनेक बेफाइदा पनि छन् भन्ने हामीमध्ये धेरैलाई थाहा नहुन पनि सक्छ। के छन् त धेरै टिभी हेर्नुका बेफाइदा ? जानी राखौँ यस सम्बन्धी केही जानकारी :
-मुटुसम्बन्धी रोगको सम्भावना
विभिन्न अनुसन्धानले बढी टिभी हेर्ने मानिसलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने देखाएका छन्।
-ब्रेन हारमोन मेलाटोनिनको मात्रा बढ्ने
लामो समयसम्म टिभी हेर्नाले अथवा कम्प्युटर चलाउनाले अनिद्राको समस्या उत्पन्न हुन सक्छ। यस्ता मानिसमा ब्रेन हारमोन मेलाटोनिनको मात्रा बढी हुन्छ, जसकारण चिन्ता बढ्ने, ढिलो निदाउने र छिटो बिउँझिनेजस्ता समस्या उत्पन्न हुन्छन्।
-चिनीको मात्रा बढ्ने
डायबिटिजका बिरामीले बढी टिभी हेरेमा उनीहरूको शरीरमा चिनीको मात्रा अझ बढ्न पुग्छ। टिभी हेर्न बस्दा मानिसले तुलनात्मक रूपमा बढी खाने गर्छ । यसले पनि सुगरको मात्रा बढाउने काम गर्छ।
-बोसोको मात्रा बढ्छ
लामो समयसम्म टिभी हेर्ने मानिस बढी मोटाउँछ। टिभी हेर्दा मानिसको शरीर निष्क्रिय हुन्छ। लामो समयसम्म निष्क्रिय भएर बसेमा शरीरमा बोसोको मात्रा बढ्न पुग्छ र मानिस मोटाउँछ।
-स्मरण शक्ति कमजोर
बढी टिभी हेर्नेहरूको स्मरण शक्ति पनि कमजोर हुन्छ। टिभीमा देखिने इमेज र यसबाट आउने साउन्डले मानिसको न्युरोलोजिकल सिस्टममा असर गर्छ। यसैकारण बढी टिभी हेर्ने बालबालिकाको स्मरण शक्ति कम हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ।
-परिपक्व हुन बढी समय लाग्छ
बढी टिभी हेर्ने बालबालिकालाई परिपक्व हुन तुलनात्मक रूपमा बढी समय लाग्छ। उनीहरू टिभीमा देखिने काल्पनिक संसारमा बढी रमाउने गर्छन्।
-बढी सन्काहा
लामो समयसम्म टिभी हेर्ने मानिस बढी सन्काहा हुने गर्छन्। लगातार टिभी हेर्ने बालबालिकाले सन्काहा व्यवहार बढी देखाउने गरेको विभिन्न अध्ययनका क्रममा फेला परेको छ।
समयको सदुपयोग गरेर टिभी हेर्नाले फाइदा पनि हुने गर्दछ। समय मिलाएर कम समय भिटी हेर्नाले नयाँ नयाँ जानकारी प्राप्त गर्ने भएकाले बालबालिकाहरु पढाइमा पनि राम्रा र उत्कृष्ट देखिने गरेको अध्ययनले देखाएको छ।
Source:DCNepal
No comments:
Post a Comment