Pages

Powered by Blogger.

Wednesday, April 1, 2015

गाजरका १० फाइदाहरूः

दिनेश बास्तोला, काठमाडौं, रातो र मिठो गाजरलाइ देख्दा मानिसहरूको मुख रसाएर आउँछ । यसलाइ देखेर धेरै जसो मानिसहरू त यसको हलुवा सम्झन पुग्दछन । 
निश्चित रूपमा गाजरबाट बनाइने हलुवा यति स्वादिष्ट हुन्छ कि मानिसहरू यसलाइ भूल्न सक्दैनन ।

गाजरले तपाइँलाइ स्वाद मात्र दिने हैन, यसले तपाइँलाइ तन्दुरुस्त राख्नका लागी पनि ठुलो भूमिका खेल्दछ । यो तपाइलाइ स्वस्थ राख्नका लागी मात्र नभै आंखाको ज्योति समेत बढाउनमा सहायक हुने गर्दछ । गाजरको नियमित प्रयोगले तपाइँको केश तथा छालाका लागी समेत निकै लाभकारी हुन्छ । गाजरको जुसलाइ दैनिक रूपमा डाइटको हिस्सा बनाउनु पनि निकै गुणकारी छ ।


गाजरका १० फाइदाहरूः

१. गाजरको जुस खास गुणहरूले भरपुर हुन्छ । यसमा बीटा-केरोटिन, भिटामिन्स र पोटेशियम हुने गर्दछ । गाजरबाट शरीरको इम्यून सिस्टमलाइ बलियो बनाउँदछ । भिटामिन ए ले तपाइँको आंखाको ज्योति मात्र बढाउने नभै यसको जुसको नियमित सेवनले मुटुको रोगबाट समेत तपाइँलाइ बचाउँछन ।


२. गाजरको जुसमा हुने पोटेशियमले शरीरमा कोलेस्ट्रोलको स्तरलाइ कम गर्दछ । गाजरले लिभर लाइ समेत ठिक राख्दछ । पोटाशियम, म्यागनीज र म्याग्नेशियमले एकसाथ ब्लड शुगर को स्तरलाइ समेत सामान्य बनाइ राख्छ । यसले शरीरमा डाइबिटिज हुने खतरा कम गर्दछ ।

३. ग़ाजरको जुसमा हुने भिटामिन K ले चोटपटक लाग्दा रगतलाइ जमाउनमा मद्दत गर्दछ र रगत बग्नबाट जोगाउँदछ । भिटामिन K चोट गर्नमा निकै सक्षम हुन्छ । गाजरमा रहेको भिटामिन C ले घाउ ठिक गर्नुका साथै गिजालाइ समेत स्वस्थ राख्दछ ।

४. गाजरको जुसमा क्यान्सरसंग लड्ने गुण हुन्छ । यसमा केरोटेनोइड नामको एक बिशेष तत्व हुन्छ, जसलाइ प्रोस्टेट, कोलोन, र स्तन क्यान्सरबाट लडनमा निकै महत्वपूर्ण तत्व मानिन्छ ।

५. गाजरको जुसले शरीरमा प्रोटीन को कमीलाइ पुरा गर्दछ साथै शरीरमा पर्याप्त मात्रामा क्याल्सियम पनि प्रदान गर्दछ, जसले हड्डीहरूलाइ बलियो बनाउँदछ ।

६. गाजरको जुसले लिभरलाइ सफा राख्दछ । शरीरमा उत्पन्न हुने विभिन्न प्रकारका बिषालु तत्वहरूलाइ जुसको सेवनले बाहिर निकाल्ने काम गर्दछ । गाजरको जुसले लिभरलाइ बलियो बनाएर यसको कार्य गर्ने क्षमता समेत बढाउँदछ । गाजरको जुसले तौल कम गर्नमा पनि मद्दत गर्दछ ।

७. गाजरको जुसले गर्भावस्थामा रहेको बच्चालाइ बिशेष रूपमा लाभ पुर्याउँदछ । जसले बच्चा र आमा दुबैको स्वास्थ्यमा सुधार ल्याउँदछ ।

८. गाजरको जुसले आमाको दूधको गुणस्तर बढ्दछ ।

९. गाजरको जुसले गर्भमा हुर्किरहेको बच्चालाइ इन्फेक्शन्सबाट समेत बचाउने गर्दछ ।

१०. गाजरको जुस तौल घटाउने कोशिश गरिरहेकाहरूका लागी निकै उपयोगी छ, किनभने यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ । कम क्यालोरीका कारण यो निकै हेल्दी ड्रिङ्क हो। गाजरको जुसलाइ बिशेष गुणहरूका कारण मानिसहरूले लगभग सबै डाइट प्लानहरूमा यसको प्रयोग गर्न सक्दछन ।

नेपाली न्युज फेसबुक पेज बाट

No comments:

Post a Comment

 

Search This Blog