Pages

Powered by Blogger.

Wednesday, February 19, 2020

भुटानी संस्था र युवाहरुको भुमिका

भुटानीहरु जो नेपालको पूर्वी भागमा २०/२५ वर्ष कष्टकर जीवन व्यतीत गरे । उनीहरु विगत १०/११ वर्ष अघि सुरु भएको तेस्रो मुलुक पुनर्वास कार्यक्रम मार्फत विश्वको विभिन्न देशहरूमा पुनर्वास भइ सकेका छ्न ।

पुनर्वास भएका भुटानीहरुले एकीकृत हुन साथै आफ्नो संस्कार संस्कृति, धर्म, भाषा, इतिहास आदि जोगाउन भुटानी संस्थाहरु खोले अनि दर्ता गरे । 

यी केही संस्थाहरु मार्फत राम्रो कामहरु पनि भएका छन भने केही संस्था मार्फत जनमानसको समस्य सम्बोधन र समाधान भन्दा पनि व्यक्तिगत पहिचान र फाइदाको काम हुने गरेको गुनासो प्राय हुने गर्दछ । 
साच्चै यी कार्यहरू भएका त छैनन् ? 
कि निराधार हुन यी आरोपहरु ?
सबै युवाहरुले यी कुराहरूलाई नजिकबाट नियाल्नु जरुरी हुन्छ । समाज विकासमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहनुपर्छ ।
यदि तपाई हामी जागरुक नभए गलत गर्ने, आफ्नो वा आफ्नो सिमित समुहको मात्र हितको काम गर्ने मानसिकताका मान्छेलाई अझ आत्मविश्वास बढ्ने छ ।
तपाई हामी कहिल्यै पनि व्यक्तिको पछि लाग्नु हुदैन । व्यक्तिको पछि लागि गलत कार्यलाई साथ दिए भोलि समाजको भविस्य कहाँ पुग्ला ?
तपाई हामीले सहि र सत्यको पछि लाग्नु जरुरी हुन्छ । मेरो मतलब यदि कुनै व्यक्तिले वा सामाजिक नेतृत्वले सहि कार्य गरे साथ दिनु पर्छ तर गलत गरे सृजनात्मक वा वैधानिक खबरदारी गर्नु पछि पर्नु हुन्न । तपाई हामीले कोहि कसैलाई आँखा चिम्लेर विश्वास गर्ने कार्य हटाउनु पर्दछ ।

आउनुहोस् तपाई हामी सबै मिलेर एक समावेशी भुटानी समुदाय, समुह, संस्था वा परिषदको निर्माणमा अघि बढौ। 
तपाई हामीले चिन्तन गर्नु पर्ने कुरा :-
के अझै हामी भुटानीहरुको नाम विकाएर कुनै व्यक्ति वा एक संस्थाको नाम चलाएर कोहि कसैले व्यक्तिगत स्वार्थ त पूरा गरिरहेका छैनन् ?

सकारात्मक तरिकाले गलत प्रथाको अन्त्य गर्न तपाई हामी सबै एकजुट हुनु जरुरी छ ।

पूर्ण लिङ्देन



No comments:

Post a Comment

 

Search This Blog