सत्यताको मन्त्र जप्नेहरु
सहिको साथमा रहन्छु भन्नेहरु
गलतलाई गलत भन्छु भन्नेहरु
अनि नाता र आफन्तको
नाममा कहिल्यै गलतलाई
साथ दिन्न भन्नेहरूको
परिक्षा गर्ने कालखण्डमा उभिएको छु
यहीँ कालखण्डबाट
वास्तविक अनुहारको पर्दाफास हुँदै जानेछ
साच्चै सहिको साथ दिन्छन् कि
नाताको नाममा गलतलाई प्रोत्साहन गर्नेछन्
म मनको आखाले अनि दिलको तराजुले
तौलिदैछु ती सत्यमार्गी अनुहारहरुलाई
उनिहरु प्रतिको
मेरा आशाहरु
अनि मेरा विस्वासहरु
तुहिने हो वा मजबुत हुने हो
त्यो यो कालखण्डले प्रमाणित गर्नेछ
अनि सहि र सत्यमार्गिहरु चिनिनेछन् ।
पूर्ण लिङ्देन
सहिको साथमा रहन्छु भन्नेहरु
गलतलाई गलत भन्छु भन्नेहरु
अनि नाता र आफन्तको
नाममा कहिल्यै गलतलाई
साथ दिन्न भन्नेहरूको
परिक्षा गर्ने कालखण्डमा उभिएको छु
यहीँ कालखण्डबाट
वास्तविक अनुहारको पर्दाफास हुँदै जानेछ
साच्चै सहिको साथ दिन्छन् कि
नाताको नाममा गलतलाई प्रोत्साहन गर्नेछन्
म मनको आखाले अनि दिलको तराजुले
तौलिदैछु ती सत्यमार्गी अनुहारहरुलाई
उनिहरु प्रतिको
मेरा आशाहरु
अनि मेरा विस्वासहरु
तुहिने हो वा मजबुत हुने हो
त्यो यो कालखण्डले प्रमाणित गर्नेछ
अनि सहि र सत्यमार्गिहरु चिनिनेछन् ।
पूर्ण लिङ्देन
No comments:
Post a Comment