Pages

Powered by Blogger.

Tuesday, May 17, 2016

गजल

काम नहुनेलाई काम चाहिएको छ यहाँ
काम हुनेलाई आराम चाहिएको छ यहाँ

अहिलेको यो व्यस्त दुनियाँमा जिउनको
लागि मान्छेलाई मोटो दाम चहिएको छ यहाँ

राम्रो काम गरि  आफूलाई चिनाउन नसक्दा
प्रसिद्ध हुन मान्छेलाई बदनाम चाहिएको छ यहाँ

कैयौं मानिस भोकमरीले मरि रहदा, कसैलाई धेरै
भएको अन्न राख्न विशाल गोदाम चाहिएको छ यहाँ

No comments:

Post a Comment

 

Search This Blog