
<<<अस्ट्रेलियामा मेरा पाईला>>>
बिहानी पख मेरो कानमा केहि अनौठो आवाज गुन्जी रहेको थियो |
मेरा आँखाहरु उघारिएको थिएन |मेरो शरीरमा जाडो भएको महसुस भैरहेको थियो | बल गरेर आँखा उघार्न कोसिस गरे तर सकिन | केहि बेरको अथक प्रयास पछि मेरो आँखा खुल्यो | म छक्क परे म त एक बन्द कोटामा आफुलाई पाएँ | ए.सी. को tempreture धेरै लो भएको कारण मेरो शरिरले चिसोको महसुस गरेको रहेछ | फेरी मैले एकछिन आँखा बन्ध गरे र लामो सास फेरेर फेरि आँखा खोले | त्यस पछि ए.सी. को temperature बढाएँ र ओछ्यानबाट झरेर बाहिर लागे | बाहिर निस्केर सुर्यको किरण तर्फ एक छिन आफुलाई उभ्याए | अनि भित्र बाथरुममा गएर फ्रेश भइ निस्के | अनि बल्ल थाहा भो | म त अस्ट्रेलियामा पो आइपुगेछु | केहि बेरमा मलाई भेट्न मेरो केस वोरकर आईपुग्यो र मेरो भावी जीवन यापनको लागि केहि कुरा गर्नु भो | मलाई centre लिंक अफिसमा भोलि १०:०० बजे भेट्न आउनु भनि जानकारी दिनुभो | अनि bye भनेर निस्किनु भो | मैले पनि bye भने |
दिन भरि नयाँ नयाँ ठाउँ गुमेर समय व्यतित गरे | बेलुकी पख घर आई खाना बनाएर खाइयो | एक छिन टेलिभिजनमा समाचार हेरेर सुत्न लागे |
.................................................................................................................................................................................... कानमा मोबाइलको अलाम बज्यो | मेरो आखाँ उग्रियो | एसो ओबईल हेरेको त बिहानको ५:०० A.M. बजेछ | बाहिर गएर हात मुख धोए र अफिस जानु पर्ने भएकोले खाजा पकाए, खाएँ | अनि ९:३० बजे पछि अफिस हिडे |
................................................................................................................................................................................केहि समयको हिडाई पछि फोन आयो | अस्ट्रेलिया देखि भेनाले फोन गर्नु भाएको रहेछ | उहाँले सोध्नु भो "भाइ डेट आयो", मैले भने आएको छैन | अब आउछ होला |..............केहि बेर पछि याद आयो मैले त अस्ट्रेलिया पुगेको सपना पो देखेको रहेछु | अफिसमा केश वार्करले भेट्न बोलाको त | म अफिस पुगे अनि मेरो दैनिक कार्य गर्न थाले CTA मा |...................बिपनामा डेट आएको छैन सपनामा त अस्ट्रेलिया पो पुगिएछ |
शिर्षक:- "सपनाको सपना"
No comments:
Post a Comment