Pages

Powered by Blogger.

Thursday, October 15, 2015

फेसबुकमा अाउने पुरानो मेमोरी नोटिफिकेशन यसरी ब्लक गर्नुहाेस्

अब आफ्नो फेसबुक वालमा पोस्ट हुने पुरानो मेमोरी नोटिफिकेशनलाई ब्लक गर्ने सुविधा ल्याएको छ।
यसको लागि आफ्नो फेसबुकको बाँया पट्टी रहेको 'एप्स'मा क्लिक गर्ने र 'अन दिस डे' भन्ने विकल्प देखाउँछ। तर 'अन दिस डे' अरु विकल्पहरु भन्दा लगभग माथि हुनु पर्ने छ।
अन दिस डे विकल्पमा क्लिक गर्ने र नयाँ पेज खुलिसकेपछि आफ्नो आउन लागेको मेमोरी इभेन्ट देखाउँछ। उक्त पेजको दायाँ पट्टी 'प्रेफरेन्स' भनेर विकल्प आउनेछ र उक्त विकल्पमा क्लिक गर्ने। त्यसपछि मिति र व्यक्तिको विकल्प देखाउँछ।
व्यक्तिको नाम राखे पछि भविष्यमा आउने मेमोरी नोटिफिकेशनमा उक्त व्यक्तिसँग सम्बन्धित नोटिफिकेसन देखिँदैन र मिति राखेपछि, राखिएको मितिमा कुनै मेमोरी पोष्ट रहेको छ भने उक्त पोस्ट फेसबुक वालमा आउँदैन। कसैको पनि भावनालाई ठेस नपुगोस् भनी फेसबुकले यो सुविधा ल्याएको बताइको छ।

No comments:

Post a Comment

 

Search This Blog