Pages

Powered by Blogger.

Monday, October 12, 2015

डिलीट भएका फोटोहरु कसरी रिकभर गर्ने ?


हाम्रो फोनमा सेभ भएका फोटाहरु अनजानमा डिलीट हुर्ने गर्छन्। कहिलेकाँहि फोनमा भाइरसका कारण पनि फोटोहरुलाई डिलीट गर्नुपर्ने बाध्यता हुन्छ। आफ्ना रमाइला क्षणका फोटाहरु डिलीट नगर्नपरे हुन्थ्यो भन्ने हामीलाई लाग्छ। तर यसरी डिलीट भएका फोटोहरु रिकभर गर्न सक्ने केही उपायहरु छन्।
यसका लागि पहिले इन्टरनेटबाट एउटा सफ्टवेयर डाउनलोड गर्नुपर्ने हुन्छ।
रिकभर गर्नु पर्ने फोटोहरु फोनमा छ कि मेमोरी कार्डमा छ भनेर थाहा हुनु पनि पर्दछ।
निम्न तरिकाले डिलिट भएको फोटोलाई रिकभर गर्न सकिन्छः
फोन मेमोरीको प्रयोग नगर्नेः
यदि फोटो फोन मेमोरीमा सेभ भइरहेको छ भने नयाँ फोटो नखिच्ने। डिलीट भएको फाटोलाई फोनको अपरेटिङ सिस्टमले लुकाउने गर्छ र नयाँ फोटो खिचिएमा पुरानो फोटो स्थायि रुपमा डिलीट भएर जान्छ।

रिकभरी सफ्टवेयरः
फोनमा फोटो रिकभर गर्नका लागि अतिरिक्त सफ्टवेयर चाहिने हुन्छ। यसका लागि असफ्टटेक फोटो रिकभरी (Asofttech photo recovery) सफ्टवेयरको प्रयोग गर्न सकिन्छ।
सफ्टवेयर  www.asofttech.com वेव साइटबाट डाउनलोड गर्न सकिन्छ। सबभन्दा पहिले यो सफ्टवेयर आफ्नो कम्प्युटरमा डाउनलोड गर्ने र त्यसपछि रिकभर गर्नु पर्ने फोनलाई वा फोनको मेमोरी कार्डलाई कम्प्युटरसँग कनेक्ट गर्ने।
विन्डोजको जुनसुकै संस्करण भएपनि यो सफ्टवेयरले सजिलै काम गर्छ।
कनेक्ट गरिसकेपछि असफ्टटेक फोटो रिकभरी सफ्टवेयरलाई रन गर्ने। त्यसपछि रिकभर गर्नु पर्ने फोन वा मेमोरी कार्डलाई सेलेक्ट गर्ने र स्क्यानिङ सुरु हुन्छ।
सफ्टवेयरले फोन वा मेमोरी कार्डलाई पूर्ण रुपमा स्क्यान गरिसकेपछि डिलीट भएको फोटोको लिस्ट आउँछ।
लिस्ट आएपछि रिकभर गर्नुपर्ने फोटोलाई सेलेक्ट गर्ने र रिकभर विकल्पलाई सेलेक्ट गर्ने। फोटो रिकभर हुन थाल्छ।

No comments:

Post a Comment

 

Search This Blog