"मर्ने चोला जानी किन ध्यान नगर्ने
औला गन्दै दिन बित्छ हुन्छ बेला मर्ने
ज्ञान बिना रित्तो भएँ, भएँ जिउदो लाश
उमेरमा मर्न चाहन्न रह्यो बाच्ने आश...............”
जस्ता मार्मिक अनि हृदयस्पर्शी सेवाखाहुन (भजन)का रचनाकार, समाजसेवी, मार्गदर्शक तथा किरात धर्म दर्शन र नीति नियममा रहेर धर्म,समाज विकास, युवा जागरुकताका निमित्त अमुल्य सहयोग पुर्याउनु हुने आदरणीय वुवा श्री नर बा. दिम्माली राई को असमाहिक निधनले सम्पूर्ण भुटानी, किरात धर्मालम्बी, छरछिमेक सोकाकुल रहेका छन् | उहांको आत्माले चिर शान्ति पाहून भनि ईश्वर (तागेरा निङ्वाभुमाङ्) संग प्रार्थना गर्दछौ |
उनै तागेरा निङ्वाभुमाङ्ले उहाँको परिवारलाई उक्त शोकसहन गर्न सक्ति प्रदान गरुन |
No comments:
Post a Comment