Pages

Powered by Blogger.

Thursday, July 9, 2015

डेनमार्कको इन्जिनियरसंगको मेरो भेट


हिजो सन् २०१५ जुलाई ७ तारिकको दिन बेलुका,
म एक मुस्लिम आईसक्रिम ब्यापारीले खुल्ला चौरमा अल्लाको नाममा प्रार्थना गरिरहेको दृश्य कहिद गर्न लागिरहेको थिएँ | नजिक पुग्दा त्यो व्यक्तिको ध्यान भंग भयो र मैले चाहे जस्तो दृष्य कहिद गर्न सकिन | मलाई थोरै नियास्रो लाग्यो |
त्यसै समयमा मेरो आँखा चिरपरिचित जस्तै देखिने एक व्यक्तिमा पुग्यो | तक्काल मेरो दिमागमा ऊ प्रतिको पुरानो तस्बिर प्रतिबिम्बित भयो | अनि तक्काल मैले ऊ तर्फ हात हल्लाए | ऊ बिस्तारै म भए तर्फ अघि बढ्यो | मेरो नजिक आए पछि मैले ऊ तर्फ हात बढाए | उसले पनि हात बढायो र हात मिलायो | ऊ त्यस समय सम्म पनि मलाई चिन्न मुस्किल मानिरहेको थियो | उसले मलाई बोल्न आग्रह गर्यो | केहि समय स्थिर रहेर म बोले | त्यसपछि उसले अलिअलि चिने जस्तो गर्यो | ऊ संग उसको श्रीमती,साली अनि केहि आफन्ताहरु साथमा थिए | उनीहरु अलिपर रहेको एक पसलमा बसेकाले हामी पनि त्यहि तर्फ गयौ | त्यहाँ हामी बीच केहि बार्ता भयो | गफको सिलसिलामा हामी बिचको जान-अन्जान बिषयमा केहीबेर हासों भयो |
केहि समय गफ गरेपछि हामी बीच पुरानो बास्तबिकता याद भयो | मैले उसको हालको खबर सोधे | उसले केहि कुरा भन्यो र मेरो बारेमा पनि सोध्यो | मैले पनि आफ्नो बारे विस्तृतमा जानकारी दिए | अनि फेरी उसलाई अरु नयाँ नौलो के छ नि ? भनेर सोधे | खासै सामाजिक रुपमा त केहि प्रगति गर्न नसकेको कुरा उसले बतायो | तर व्यक्तिगत रुपमा चै केहि प्रगति गरको बतायो | मेरो मनमा फेरी अर्को प्रश्न उठ्यो र सोधी हाले | कस्तो व्यक्तिगत प्रगति नि ? उसके एकै छिन् विचार गरेर भन्यो “मैले केहि महिना अघि मात्र सिभिल इन्जिनियरिङ् मा शैक्षिक योग्यता पार गरे र अहिले जागिरको खोजीमा छु |” म दङ्ग परे आज भन्दा ७ बर्ष अघि संगै माध्यमिक स्कुल (GREEN VALE ACADEMY) मा कार्यरत थियौ तर आज ऊ डेनमार्कको शिक्षा प्रणालीमा रहेर सिभिल इन्जिनियर भएर नेपाल घुम्न आएका रहेछन | यसमा मलाई गर्व पनि भयो र चकित पनि | अनि फेरी मैले उसलाई अर्को प्रश्न सोधे “अनि कुन लेभल देखि पढाई सुरु गर्नु भयो त ?”
उसले भन्यो मैले मेरो नेपालको प्रमाण-पत्र त्यहाँको शिक्षा मन्त्रालयमा भुझाए | त्यहाँबाट  मेरो प्रमाण-पत्र Equivalent गराई दियो | अनि मैले व्याचुलर देखि इन्जिनियरिङ् कोर्स सुरु गरे |
त्यसपछि केहि समय गफ गरेर हामी एक अर्कामा अहिलेकोविधुतीय माध्यमबाट भेट हुने वचनको साथ छुटियौ |
उहाँ हुनुहुन्थियो मेरो साथी: Thugten Drukpa डेनमार्कबाट
आज भन्दा ६-७ बर्ष अघि नेपाल भुटानी शरणार्थी क्याम्प बेलडाँगी-१ बाट उहाँ डेनमार्क जानुभएको थियो | अहिले नेपाल भ्रमणमा हुनुहुन्छ | उहाँको भ्रमण सफल रहोस यहि छ मेरो कामना |

No comments:

Post a Comment

 

Search This Blog