Pages

Powered by Blogger.

Monday, April 20, 2015

छोटो कथा

My Tour
मौन बार्ता (The Silent talk)
म अटो कुरी रहेको थिए | केहि छिन पछि केहि मान्छे लिएर एउटा अटो  आयो र म भएको छेउमा रोक्यो | म फटाफट अटोमा चढे र सिटमा बसे | अटो गुडी रहेको समयमा मेरो आँखा एउटा प्रराम्परिक कपडा पहिरेकी एक युवतीको हातमा पुग्यो | त्यो हातमा केहि समय अघि सुईले घोचेको डोप देखिन्थियो | पकै त्यो युवती अस्पतालबाट आएको हो या अस्पताल जादै गरेकी थिईन | अटो चली रहेको थियो | अटोमा सवार सबै मौन थिए | मैले मेरो गन्तब्य आइपुगेकोले ड्राइभरलाई अटो रोक्नु भने, ड्राइभरले अटो रोक्यो | म उत्रिएर पैसा निकालेर ड्राइभरलाई दिदै थिए, अचानक मेरो आँखा त्यो प्रराम्परिक कपडामा सजिएकी युवतीमा पुग्यो | म छक्क परे | कारण त्यो युवतीले मलाई एकोहोरो रुपमा हेरिरहेकी रहेछि | म केहि बोल्न सकिन र उ पनि | मात्र केहि छिनको हेराहेर भो | मैले उनको मौनतालाई बुझ्न सकिन र उनले मेरो मौनता बुझ्यो या बुझेन मलाई थाहा भएन | मेरो उनि प्रतिको मौनता भने यो थियो:- उनि एक सुन्दर प्रराम्परिक कपडामा सझीएकी थिईन अनि उनको देखाई सुशील अनि साधारण थियो | मलाई यस्तो महसुस हुदै थियो हाम्रा मान्छेले पनि आफ्नो प्रराम्परिक भेषभुषा र कर्म काण्डलाई अनुशरण गरे  हाम्रो संस्कृतिको विकास संगै अरुको दिल जित्न सक्ने थियो | अनि हाम्रा भावी सन्तानले हाम्रो संस्कृतिमा गर्व गर्न पाउने थियो |  
 By:
Lingden Purna​

No comments:

Post a Comment

 

Search This Blog