Pages

Powered by Blogger.

Tuesday, November 25, 2014

मेरा प्रश्नहरु [कविता]

अनायसै आँसु बर्सेका नयनहरु
बिना सित्ति उर्लिएका छालहरू
अनि पाइला बिना थालिएका यात्राहरु
खै कहाँ पुगेर रोकिने हो?

आँसुसंग  मुछिएका अतितहरु

आगोसंग खारिएका विचारहरु
अनि फूलसंग झरेका सपनाहरु
खै कहाँ पुगेर मेटिने हो?

सगरमाथासंग अग्लिएका नेपालीहरु
बागमतीसंग बगेका पवित्र भावनाहरु
अनि लुम्बिनिसंगा गाँसिएका बुद्धहरु
अब कहिले सम्म  मौन रहने हो?


रुपियासंग जोडिएका कम्जोर जालहरु

माटोले बनाइएका   कच्चा ढालहरु
अनि  भौतिक उपकरण बाट बोलिएका आवाजहरु
अब कहिले सम्म सर्वश्रेष्ठ रहने हो?




No comments:

Post a Comment

 

Search This Blog