हामी मान्छेहरु भगवानको नाममा रुपियाँ पैषा दान गर्छौ । कतिपयले भगवानको नाममा पैषा दान उठाउने ठेक्का नै लिएको देखिन्छ । के यसरी दान गरिएको रकम भगवानले पाउछन त ? होइन, भगवानले रकम पाउने होइन । त्यो रकम त मान्छेले नै खर्च गर्ने हो भगवानले होइन ।
दानमा उठेको पैषा के के मा खर्च हुन्छ त ? तपाई कुन उदेश्यले दान गर्नुहुन्छ ? यस कुराको महत्व रहन्छ । वास्तवमा मन्दिरमा चढाइएको रकमले जो अशक्त विरामी, भोक प्यासले छटपटीमा परेका आदिलाई खाना खुवाए अति राम्रो हुन्छ । जगतलाई कल्याण हुने वस्तु निर्माणमा लगानी गरे अति नै अर्थपूर्ण हुन्छ । तर यहाँ कसैको सोख वा भोगविलासमा दानको रकम खर्चिनु सान्दार्भिक हुदैन ।
हामी मान्छेमा यो मानसिकताको विकास हुनु पर्यो कि दानदक्षिणा भनेको स्वइच्छित कुरा हो । तर यहाँ मान्छेहरु आफू दान गर्छन र अरुलाई निन्दा गर्छन । सबैले आफूखुशी दान गर्नु राम्रो कुरा हो तर अरुलाई उनिहरुको इच्छा विपरित दान गर्नु पर्छ भन्ने कुरा गलत हो । समाचार सबैलाई सुनाऊ तर दान गर्ने निर्णय गर्न स्वतन्त्र छोडिदेऊ ।
धर्म, दान र भगवानको नाममा गलत संस्कारको विकास हुनुहुदैन ।