Pages

Tuesday, April 14, 2020

गीत

फुलेको फूलभित्र वास्ना खोजेँ मैले।
आकाशको ताराभित्र छुन खोजेँ मैले।

तिम्रो त्यो मुस्कानमा खुसी खोजेँ मैले।
तिम्रो त्यो हेराइमा ज्योति खोजेँ मैले।

चन्द्रमाको मुहारमा सौम्य खोजेँ मैले।
हिँडाइको वेगमा गन्तब्य खोजेँ मैले।

मुटु जोड्ने सपनाभित्र सत्य खोजेँ मैले।
माया गर्ने उनीभित्र मन खोजेँ मैले ॥
                       अनन्त आचार्य

No comments:

Post a Comment