Pages

Wednesday, April 1, 2020

गजल

खरको छानोमा जीवन बिता'को
एक एक मानोमा जीवन बिता'को

बिर्सौ कि तिमीले झुप्रै झुप्रोको
शिविर सानोमा जिवान बिता'को

कति कहाली लाग्दो थियो समय
एक एक चानोमा जीवन बिता'को

साच्चै पिडादायक थियो देशविहिन हुँदा 
अभाव र बिरानोमा जीवन बिता'को

हामी कति विवश थियौं एक लक्ष्यरहित
अनि असफल रानोमा जीवन बिता'को

मानव अधिकार र पहिचान खोज्ने क्रममा
दसकौ राष्ट्रविहिन घरानोमा जीवन बिता'को 

पूर्ण लिङ्देन 

No comments:

Post a Comment