Pages

Friday, March 6, 2020

गजल

नितान्त एक्लैछु तिम्रो यादमा।
अहिले बेग्लैछु तिम्रो यादमा॥

वषन्त हतारिदैछ कतै जान।
दुखेको सुन्छु तिम्रो यादमा॥

विक्षिप्त त्यो हृदयकाशभित्र।
लुकेर रून्छु तिम्रो यादमा॥

लर्बरिएका यी भविश्यहरू।
उठ्न खोज्छु तिम्रो यादमा॥

मातृवात्सल्य लुटिएको रात।
म फुटेको हुन्छु तिम्रो यादमा॥
                 
                             अनन्त आचार्य

No comments:

Post a Comment