Pages

Saturday, February 8, 2020

गजल" (अनुष्टुप छन्द)

भेट भयो तिमीसीत आयौकि यो परेलिमा।
साँझ देख्छु तिमीलाई पायौकि यो परेलिमा॥

देख्न छोडें सबै छोडें अँध्यारो भो सबैतिर।
तिमी मात्र मनैमा नि छायौकि यो परेलिमा॥

फाट्यो बादल वर्षा भो नीर झर्यो सबै वहाँ।
नीरको मोति झैं बिन्दु लायौकि यो परेलिमा॥

बत्तिष लक्ष्ण युक्तै नि अप्सराको शरीर यो।
अाऊ तिमी रूपै बाली धायौकि यो परेलिमा॥

नयनको सबै मोती छरेर किन हेर्दछ्यौ।
अनन्त नै छ दीलैमा चायौकि यो परेलिमा॥
                             अनन्त अाचार्य

No comments:

Post a Comment