Pages

Thursday, August 29, 2019

इतिहास भिड आन्दोलन शासन सत्ता

स-साना राज्यहरुको राजाहरु मारे
जनता मारे अनि राजा बने
राजा बनेकाहरुले कालन्तरमा
आफ्नो नयाँ पुस्तालाई
राजा घोषणा गर्दै गए

सूचना, शिक्षा, संस्कार, धर्म, रोजगार आदिमा
अन्य वर्ण र जातिका जनतालाई वञ्चित गराए

त्यही भएर जनता स्वतन्त्रको लागि
आवाज उठाउन थाले
अघि बढ्न थाले
यहि क्रममा जनता मारेर राजा बनेकाहरुले
स्वतन्त्रको अवाज उठाउनेलाई
आतंककारी घोषणा गरे
धेरै जनतालाई निर्ममतापूर्वक मारे मरे
अनि पछि सहिद घोषणा गरियो
कति वेपत्ता भए कति गाइते बने

यसै जनताको भिड अनि मृत्युबाट
सामान्य जनताको हैसियतका मान्छे
शासन सत्तामा पुगे
तर जनताले सोचेको सुबिधा दिन सकेन
साथै जनतामुखि शासन गर्न सकेन

फेरि जनताहरु
सत्ता शासनमा रहेकाहरुलाई
खबरदारी गर्न स्वतन्त्ररूपमा
आन्दोलनमा सामेल हुन थाले
भिड जम्मा हुन थाले

तर पहिले जनआन्दोलनबाट
मान्छेको भिडको शक्तिबाट
राजसंस्था मिल्काएर
आफू शासन सत्तामा पुगेकाहरुलाई

अब जनताको भिड
अनि न्यायीक आन्दोलन
फजुल लाग्न थाल्यो

पहिले शाही सेनाले
आन्दोलन दबाउन बल प्रयोग गर्दा गलत मान्नेहरु
अहिले आफू सत्तामा हुँदा
आन्दोलन वा भिड दबाउन बल प्रयोग गरि रहेको छन्
आवाज दबाउन लागि परिरहेका छन्

यो कार्य चर्खा जस्तै चलिरहने छ
यसबाट के प्रष्ट छ भने
समयको गति संगै राज्यको शासन प्रणाली
शान्तिपूर्ण रूपमा, बौद्धिक रूपमा
परिवर्तन गर्दै लानु अति जरुरि छ
जसले युद्ध र मानवीय क्षतीमा रोकथाम हुनेछ
साथै शान्ति स्थापनामा मुख्य भुमिका रहनेछ ।

लेखक:- पूर्ण लिङ्देन

No comments:

Post a Comment