Pages

Friday, May 13, 2016

गजल

माथी उठे तल झार्ने धेरै छन्
सिधा कुरोलाई बटार्ने धेरै छन्

खुशी हुँदा खुशी साटे जस्तो गरे पनि
दु:ख पर्दा झन दुखित पार्ने धेरै छन्

एकताको खोल बाहिर देखाइ भित्रबाट
अलिअली गर्दै समाज फार्ने धेरै छन्

बिश्वास जित्न यसो गर्छु उसो गर्छु भने पनि
परि आउँदा विविध बहाना बनाइ टार्ने धेरै छन्

प्रजातन्त्र अनि पारदर्शिताको कुरा गरे पनि यहाँ
आफ्नो अनुकूल मत नभए चुनावको मिति सार्ने धेरै छन् ।

No comments:

Post a Comment