Pages

Wednesday, April 20, 2016

गजल

जिवनको दौडमा आफै हार्ने निश्छित भएर होला
आफ्नै कुकर्मले तल झार्ने निश्छित भएर होला

खै मान्छेहरु कस्ता-कस्ता उपाय अपनाउन थाले
आफ्नै कर्मले आफैलाई जाटिल पार्ने निश्छित भएर होला

वैचारिक मन्थन हुने संकेत पाएर होला जनमानसमा
काप्न थाले सिंहहरु आफैलाई खारने निश्छित भएर होला

आफु माथि उक्लिन अरुको लागि खाल्टो खन्नेहरु,आज त्रसित

छन् तिनीहरु खाल्टोमा आफैलाई सार्ने निश्छित भएर होला |

No comments:

Post a Comment